न्यानो बाढ्ने अभियानमा दिपक–दिपा
शुक्रबार, ०१ माघ २०७२, १६ : २३
काठमाडौं - हाँस्यकलाकार दिपकराज गिरी र दिपाश्री निरौलाले भुकम्प पिडितहरुका लागि लुगा हस्तान्तरण गरेका छन् । सामाजिक सञ्जाल मेन्स रुम रिलोडेड (एम आर आर )मार्फत भुकम्प पिडित सम्म लत्ताकपडा पु्र्याईने जानकारी गराईएको छ । विहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि दिपक दिपाले रु दुई लाख नगद सहित न्यानो लुगा हस्तान्तरण गरेका हुन् ।
मेन्स रुम रिलोडेडका एडमिन विक्रम केसीले लुगा र पैसा बुझ्दै दिपक दिपाको यो कामको प्रशंसा गरे । चिसोको पिडामा रहेको नेपालीहरुलाई न्यानो बाड्ने अभियानमा सबैलाई सरिक भईदिन पनि उनले आग्रह गरेका छन् ।
‘बारपाक, लाप्राकलगायतका अन्य क्षेत्रका भूकम्प पीडितहरु हिउँमा बसिरहेको देख्दा हाम्रो मन पनि चिसो भयो, मैले आफै फेसबुकमा न्यानो कपडा सहयोग गर्न आव्हान गरेपछि सोचे भन्दा बढी न्यानो लुगा संकलन गर्न सक्यौं,’दीपकले भने,‘हामीले दुईवटा हिट फिल्म बनाएपछि त्यसबाट प्राप्त मुनाफाको १० प्रतिशत रकम सामाजिक कार्यमा सहयोग गर्ने योजना अनुरुप हामीले दुई लाख रुपैंया पनि सहयोग गरेका हौं ।’
दिपकका अनुसार अब लाईफ लंग उनीहरुले आफ्नो कमाईको १० प्रतिशत सामाजिक काममा लगाउनेछन् । सामाजिक काममा लाग्न पाउँदा आफुलाई निकै आनन्द मिलेको दिपाश्रीले प्रतिक्रिया दिईन् । हाम्र सानो सहयोगले पीडितको अनुहारमा उज्यालो आउँछ भने त्यो काममा हामी किन अघि नबढ्ने भनेर न्यानो कपडा अभियान अगाडि बढाएका हौं' दिपाश्री सुनाउछिन् । त्यस्तै दिपक दिपाले एक लाख रुपैया किर्तिपुरमा रहेको एक बाल आश्रमका एचआईभी संक्रमित बालबालिकालाई सहयोग गर्ने घोषणा पनि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण