काँग्रेस महाधिवेशनको उद्घाटन रङगशालामा, बन्दसत्र भृकुटीमण्डपमा
काठमाडौँ - नेपाली काँग्रेसको आसन्न १३ औं महाधिवेशनको उद्घाटन समारोह राजधानीस्थित दशरथ रङगशालामा हुने भएको छ ।
आउँदो फागुन २० गतेदेखि सुरु हुने पार्टीको महाधिवेशनको उद्घाटन सत्र दशरथ रङगशालामा गर्नेगरी रङगशाला बुकिङ गरिसकिएको महाधिवेशन व्यवस्थापन समितिका संयोजक तथा नेपाली काँग्रेस काठमाडौँका जिल्ला सभापति भीमसेनदास प्रधानले जानकारी दिए ।
उनले यसअघिको १२ औं महाधिवेशन खुलामञ्चमा गरिएपनि यसपटक भने खुलामञ्चमा भूकम्पका कारण भत्किएका भौतिक संरचनाका अवशेष थुप्र्याइएकाले रङगशालामा गर्नुपर्ने भएको बताए ।
रङगशालामा महाधिवेशन उद्घाटन समारोह भएपछि बन्दसत्र भने भृकुटीमण्डपमा गरिने भएकाले भृकुटीमण्डपसमेत बुकिङ गरिसकिएको समितिका संयोजक प्रधानले जानकारी दिए ।
“भृकुटीमण्डपमा काँग्रेस महाधिवेशनको बन्दसत्र गर्ने भनेर बुकिङ त गरिसकिएको छ, तर त्यहाँको साउण्ड सिस्टम राम्रो नभएकाले त्यसको विकल्पको खोजी पनि भइरहेको छ”, उनले भने । नेता प्रधानले दशरथ रङशालामै राम्रो खालको टेण्ट टाँगेर गर्ने की भन्नेबारेमा पनि छलफल भइरहेको बताए । यसअघि एमालेको महाधिवेशनमा पनि बन्दसत्र भृकुटीमण्डपमै भएको थियो ।
आगामी फागुन २० उद्घाटन गरी २३ गतेसम्म सञ्चालन हुने महाधिवेशनको तयारीका लागि विभिन्न चरणमा छलफल तथा परामर्श पनि भइरहेको व्यवस्थापन समितिका संयोजक प्रधानले बताउनुभयो । काँग्रेसको महाधिवेशनका लागि केन्द्रीय समितिले १३ वटा समिति बनाएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण