ग्यासको पाइपलाइन जडान गर्नु हँसीमजाक होइन, प्रतिबद्धता पूरा गर्छुु : प्रम ओली
शुक्रबार, ०१ माघ २०७२, १७ : १९
काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले चुलोचुलोमा ग्यासको पाइपलाइन जडान, एक वर्षभित्र विद्युत् कटौतीको समाप्ति, हावाबाट ऊर्जा उत्पादन तथा उपत्यकाभित्र विद्युतीय सवारीसाधन सञ्चालनमा ल्याउन आफू प्रतिबद्ध भएको दोहोराएका छन् ।
उनले भने, “म जति दिन प्रधानमन्त्री पदमा रहन्छु, ती कार्य पूरा गर्न मेरो प्राथमिकतामा रहन्छ । यो मेरो अथक प्रयासलाई हँसीमजाकमा नउडाउन सबैसित आग्रह गर्दछु ।”
वरिष्ठ हृदयरोग विशेषज्ञ (कार्डियोलोजिस्ट) प्रा डा अरुण साय्मीको प्रमुख लेखनमा डा हेमन्त श्रेष्ठ र डा सूर्य देवकोटाले प्रकाशनमा ल्याउनुभएको ‘कार्डियोलोजी एन्ड क्रिटिकल केयर’ नामक पुस्तकको आज लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले भने – कुरा काट्नेहरु काटिरहन्छन् तर म पछाडि फर्किन्नँ । ती कार्य पूरा गरेरै छाड्छु ।
“सिंहदरबारमा प्रधानमन्त्रीको तस्बिर ठड्याउन मात्र म सिंहदरबार गएको होइन, भूकम्प र अघोषित नाकाबन्दीले थिलथिलो भएको जनताको जीवनस्तरलाई माथि उकास्ने मेरो ध्येय छ”, प्रधानमन्त्री ओलीले भने । आफूलाई केहीको पनि लोभ नभएको बताउँदै उनले भने – देश र जनताकै चिन्ता मात्र मलाई छ ।
प्रधानमन्त्री ओलीले चिकित्सा शिक्षा र सेवालाई थप सर्वसुलभ बनाउन सरकारले ध्यान दिएको पनि बताए ।
पुस्तकका लेखक डा साय्मीले हृदयरोग शिक्षा र सेवाका बारेमा जानकारी दिन पुस्तक पठनीय रहने विश्वास व्यक्त गरे । उनले भूकम्प र नाकाबन्दीले जनताको दैनिकी कष्टप्रद हुँदै गएकोतर्फ सरकारले ध्यान दिनुपर्ने बताए ।
त्रिविवि चिकित्साशास्त्र अध्ययन संस्थान, चिकित्सा शिक्षा अध्ययन केन्द्रका निर्देशक प्रा डा जगदीश अग्रवालले चिकित्सा शिक्षाका बारेमा स्वदेशी लेखकलाई नै प्रोत्साहन दिन केन्द्रले पुस्तक प्रकाशन गर्ने जिम्मा लिएको बताए ।
वरिष्ठ हृदयरोग विशेषज्ञ डा यादव भट्टले स्वास्थ्य प्रदायक सस्थामा पुस्तक पु¥याउन सहयोग गर्न सरकारसँग आग्रह गरे । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण