शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पुल निर्माण सकिएको तीन वर्षपछि उद्घाटन !

सोमबार, ०४ माघ २०७२, ११ : ०९
सोमबार, ०४ माघ २०७२

कास्की– कास्कीको लेखनाथ र रूपाकोट गाविस जोड्ने पक्की पुल निर्माण सम्पन्न भएको तीन वर्षपछि उद्घाटन गरिएको छ ।

मुख्य सचिव डा सोमलाल सुवेदीले पुलको उद्घाटन गरेका हुन् । पुल निर्माण सम्पन्न भएको तीन वर्ष भए पनि अहिलेसम्म उद्घाटन भएको थिएन ।

कास्की थुम्कीकै सुवेदी नेपाल सरकारका सचिव पदमा कार्यरत हुँदा निर्माण सम्पन्न भए पनि मुख्य सचिवमा बढुवा भएपछि मात्रै उद्घाटन गरिएको हो ।

विसं २०६७ असार २५ गतेदेखि निर्माण सुरु भएको पुल २०६९ साल असोज १९ गते निर्माण कार्य सम्पन्न भएको थियो । करिब २१ मिटर लामो मोटरेवल पुल रु एक करोड ५५ लाखमा निर्माण गरिएको जिल्ला प्राविधिक कार्यालय कास्कीका प्रमुख इञ्जिनियर नारायणप्रसाद श्रेष्ठले जानकारी दिए । यो पुल सातमुहाने–रूपाकोट–थुम्की सडकखण्डमा पर्छ ।

पुल निर्माण भएपछि रूपाकोट, थुम्की तथा लमजुङको भोर्लेटारदेखि बेँसीसहरसम्मका उपभोक्ताले सुविधा लिएका छन् ।

पुल उद्घाटनपछि बोल्दै मुख्य सचिव डा सुवेदीले विकासका काममा राजनीति नगर्न सबैसँग आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप