संस्कृति जोगाउदै मधेशी युवा
भैरहवा– मधेशमा लोप हुन लागेको भोजपुरी सांस्कृतिक कार्यक्रम बिरहाको जगेर्नामा स्थानिय युवाहरु सक्रिय भएका छन । बिरहाको जगेर्न भन्दै पोखरभिण्डीका स्थानिय युवा समितिले एक दिने बिराट भोजपूरी बिरहा कार्यक्रम पोखरभिण्डीमा सम्पन्न गरेका छन । मधेशमा अधिक रुचाईएको बिरहा कार्यक्रम प्रति युवा वर्गको रुचि बढाउन तथा आफ्ना अग्रजहरुको सम्मान स्वरुप कार्यक्रमको आयोजना गरिएको अगुवा एवम कार्यक्रम संयोजक अनिल यादवले बताए । मधेशका प्राय वृद्धहरु बिरहा भने पछि हुरुक्कै हुने गरेका छन् । युवाहरुले बृद्धहरुको मनको कुरा बुझेर आयोजना गरेको बिरहा कार्यक्रमले वृद्धहरुलाई सम्मान र गौरव महशुश भएको ९० बर्षिय बिक्रम प्रसाद यादवले बताए । कार्यक्रमको उदघाटन गर्दै यादवले अहिलेको युवा पिढीको काँधमा नै लोक संस्कृतिको जगेर्ना तथा यसको बिकासमो जिम्मेवारी आई परेको र यस्ता कार्यक्रमहरुको लागी सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताए । नेपालमा बिरहा गायकहरुको अभाव हुन नदिन स्थानिय बिरहा गायकलाई प्राथमिकता दिईएको आयोजकले बताए । मर्चवारका बिरहा गायक हरिकेश यादव र उनको समूहको प्रस्तुति हुदा स्थानिय बिरहा प्रेमीहरु मन्त्रमुग्ध भएका थिए । वृद्धहरुको सम्मान गर्दै स्थानिय युवाहरुको समूहले पोखरभिण्डीका वयोवृद्ध नागरिक बिक्रम प्रसाद यादवबाट बिरहा कार्यक्रमको उदघाटन गराएका थिए । कार्यक्रम युवा अगुवा अनिल यादवको अध्यक्षतामा सम्पन्न सम्पन्न भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण