शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जस्तोसुकै प्रलोभन आएपनि कसैले मलाई रोक्न सक्दैनः पौडेल

सोमबार, ०४ माघ २०७२, १४ : २८
सोमबार, ०४ माघ २०७२

काठमाडौं– कांग्रेस उपसभापति रामचन्द्र पौडेलले जस्तासुकै प्रलोभन आएपनि आफूलाई १३ औं महाधिवेशनमा सभापतिको उम्मेद्वार बन्न कसैले रोक्न नसक्ने बताएका छन् । सोमबार प्रेस यूनियन दाङले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै पौडेलले प्रधानमन्त्री वा अन्य कुनै पद पाउने लोभमा परेर आफू पछि नहट्ने स्पष्ट पारे । पार्टी र देशको आवश्यकता आफू नै भएको दाबी गर्दै उनले भने, ‘‘यसपालि म नै सभापति लड्छु र हुन्छु पनि ।’ उनले महामन्त्रीका लागि चर्चामा आएका खुमबहादुर खड्काले पनि आफूलाई सहयोग गर्ने बताए । ‘उहाँसँग व्यक्तिगतरुपमा मेरो पनि राम्रो सम्बन्ध छ, आशा छ उहाँको सहानुभूति मसँगै छ ।’ उनले भने

युवा शक्तिलाई पनि पार्टीमा आफूहरुसँगै लैजाने भन्दै पौडेलले अझै आफ्नो मिशन पूरा नभएको बताए । ‘, युवाहरु पनि आउनुपर्छ, उनीहरु पनि राजनीतिमा अघि बढ्नुपर्छ तर, अझैं हाम्रो मिशन पूरा भएको छैन, अझै देशलाई हाम्रो आवश्यकता छ ।’

उनले देशको परिवर्तनलाई सही दिशामा अघि बढाएर संस्थागत गर्नका लागि परिवर्तित कांग्रेसको आवश्यकता रहेको बताए ।

उनले अहिले कांग्रेसभित्रको कार्यशैली, व्यवहार र संरचना परिवर्तन गर्न आवश्यक रहेको भन्दै सोहि आवश्यकतालाई महशुस गरी देशव्यापी कांग्रेस परिवर्तन अभियान चलिरहेको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप