शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रचण्डद्वारा कार्यकर्तालाई यस्तो निर्देशन

सोमबार, ०४ माघ २०७२, १५ : ४३
सोमबार, ०४ माघ २०७२

कैलाली–एमाओवादी अध्यक्ष प्रचण्डले आज कैलालीको अत्तरियामा ७ नं. प्रादेशीक कमिटिको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दै कार्यकर्ताहरुलाई विशेष निर्देशन दिएका छन् । प्रचण्डले नयाँ विचार अनुरुप कार्यशैलीमा आफूलाई रुपान्तरण गर्न नेता तथा कार्यकर्तामा निर्देशन दिए । उनले भने, ‘अहिले देशकै नेतृत्व गर्ने पार्टी निर्माण गर्ने यो महत्वपूर्ण अवसर हो, आम उत्पीडित जनताले हामीलाई नै आशा गरेका छन् । देश समाजवादी चरणमा प्रवेश गरेको छ ।’ अध्यक्षले मुख्य कुरा वर्ग भएको बताउँदै श्रमजीवि वर्गको नेतृत्व माओवादीको नेतृत्वमा आन्दोलन भयो भने मात्र सही समाधान हुने उल्लेख गरे । उनले भने, ‘जातीय क्षेत्रीय आन्दोलन वर्गीय मुक्ति आन्दोलनसँग जोडिएन भने साम्प्रदायिक दंगामा फस्न सक्छ, जसले समस्याको समाधान होइन, बरु झन जटिल बनेर जान्छ ।’ उनले अगाडि भने, ‘पार्टी बनाउन सकिन्छ, बनाउनुपर्छ र समाजवादी क्रान्ति संभव छ । हामी सबैले समाजवादी क्रान्ति सम्भव छ भन्ने आत्माविश्वास हुनै पर्दछ । जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धीहरुको रक्षाको निम्ति संविधानलाई दृढतापूर्वक कार्यान्वयनमा लागौं र यही क्रममै बाँकी रहेका अधिकारहरु स्थापित गर्न सकिन्छ ।’

उनले दुःखकष्ट गर्ने र जनतामा गएर सम्बन्ध सुदृढ गर्ने संकल्प गर्न निर्देशन दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप