भूकम्प पीडितको अनुदानको चामल बिक्रिबारे आयोगको ध्यानाकर्षण
सोमबार, ०४ माघ २०७२, १६ : ३८
काठमाडौं–भूकम्प पीडितहरूको लागि आएको अनुदानको चामल बिक्रि गर्न निर्देशन दिएको भनी विभिन्न सञ्चार माध्ययमहरूमा सार्वजनिक समाचारको सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोगले नेपाल सरकारका सम्बन्धित मन्त्रालयहरूसँग विस्तृत विवरण माग गर्दै पत्राचार गरेको जनाएको छ ।
यथाशीघ्र विवरण उपलब्ध गराउन भनिएको सो पत्रमा, प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै यस्तो कार्यबाट एकातर्फ पीडितहरू राहत पाउनबाट बञ्चित हुने र अर्कोतर्फ दाताहरूको दृष्टिकोणमा समेत नकारात्मक असर पर्नसक्ने भएकोले त्यसतर्फ ध्यान पु¥याउन आवश्यक भएको उल्लेख छ ।
विनासकारी भुकम्पबाट पीडित नागरिकहरुको लागि विभिन्न दातृ निकायहरुले उपलब्ध गराएको चामल, नुन, तेल लगायतका खाद्य सामग्रीहरू बिक्रि भन्दापनि सम्बन्धित पीडितहरूले व्यवस्थित रुपमा समयमा नै प्राप्त गर्न सक्ने व्यवस्था मिलाई पीडितहरूको अधिकार संरक्षण गर्न आयोग पनि आयोगले सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ ।
आफूहरुको निरन्त्रको अनुगमनबाट अझैपनि भूकम्प पीडितहरू खाद्यान्नको अभावमा कठिन रुपमा जीवन निर्वाह गरिरहेको पाइएको प्रवक्ता मोहना अन्सारीले जानकरी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण