शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुशील कोइरालाले अब विश्राम लिनु पर्छः खाँड

सोमबार, ०४ माघ २०७२, १६ : ४८
सोमबार, ०४ माघ २०७२

दाङ–नेपाली कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाँडले पार्टी सभापति सुशिल कोइरालाले अब विश्राम लिनु पर्ने बताएका छन् । रिपोर्टस क्लब दाङले तुलसीपुरमा गरेको साक्षातकार कार्यक्रममा उनले १२ औ महाधिवेसनमा अन्तिम पटक पार्टी हाँक्छु भनेकाले १३ औं महाधिवेसनमा सभापति पदमा दाबी नगर्ने बताए । अबको सभापति शेरबहादुर देउवालाई गराउनु पर्ने भन्दै उनले देउवा र रामचन्द्र पौडेललाइ मिलाएर राख्न सभापतिले अभिभावक्तवको भूमिका निर्भाह गर्नु पर्ने बताए । अबको नेतृत्व युवा पुस्ताले गर्नु पर्ने अवाज उठी रहेका बेला उनले युवा र पुरान पुस्ताको दुरीलाई धेरै बढाउन नहुने उल्लेख गर्दै पार्टी भन्दै जिवन विताउने पुराना र पाका नेतलाई सम्मान गर्नु पर्ने बताए । ४० र ६० को कुरा पुरानो भएकाले यसलाई त्यति उचाल्न आवश्यक नरहेको उनको भनाई छ । अर्को प्रसंगामा खाँडले दुइ तीहाई सहमतिको राष्ट्रिय एकता आवश्यक रहेको बताए । संविधान कार्यान्वयनका लागि भए पनि दुइ तिहाई सहमति आवश्यक रहेको बताउदै नत्र संविधान संसोधन समेत गर्न नसकिने बताए । त्यसैगरी कार्यक्रम चन्द्र भण्डारीले संविधान जारी हुदा नेपालीले अकल्पनिय दुःख बेहोरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप