राप्रपा नेपालले संविधान भित्रै रहि आफ्नो सिद्धान्तको विकास गर्छः राज्यमन्त्री शाही
सोमबार, ०४ माघ २०७२, १८ : ००
सल्यान संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री कुन्ती कुमारी शाहीले स्थानीय निकायको निर्वाचन नहुँदा सेवाग्राहीले सुलव तरिकाले सेवा लिनबाट बञ्चित भएको बताएकी छन३ ।
स्थानीय निकायको निर्वाचन नहुँदा सेवा प्रभावकारी, पारदर्शी र जनमुखी हुन नसकी रहेको पनि उनको भनाई थियो ।
नेपाल पत्रकार महासंघ सल्यानले आज (सोमबार ) दिउसो सल्यान खलंगामा आयोजन गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शाहीले लामोसमयदेखि जनप्रंतिनिधि विहिन हुँदा सेवाग्राहीले सहज रुपमा सेवा पाउन नसकी रहेको बताइन् ।
स्थानीय निकायको निर्वाचन छिटो भन्दा छिटो गर्नका लागि राजनीतिक दलहरुसँग छलफल भई रहेको बताउदै उनले केहीसमय भित्रै स्थानीय निकाय जनप्रतिनिधि विहिन नहुने बताइन् ।
राप्रपा नेपालले गणतन्त्र संघीयता स्वीकार गरेको हो भन्ने पत्रकारको जिज्ञासामा बोल्दै राज्यमन्त्री शाहीले लोकतन्त्र र प्रजातन्त्रलाई राप्रपा नेपालले स्वीकार गरेकाले नयाँ संविधान भित्र नै रहि आफ्नो सिद्धान्तको विकास गर्ने बताइन् र
मधेशी दलहरुसँग भइरहेका छलफल सकारात्मक भएकाले केहीदिनमै तराईमा जारी आन्दोलन रोकिने र देशको अवस्था सहज हुने पनि उनको दाबी थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
-
चितवनमा फैसला कार्यान्वयन प्रभावकारी हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण