माघे सङ्क्रान्तिका दिन देउडामय बन्यो यूएई
यूएई–माघे सङ्क्रान्तिका दिन यूएईको बरदुबई स्थित ईम्पेरिअल सुईट्स होटेलमा सुदूर पश्चिम सेवा समाज यूएईले आफ्नो 'प्रथम बार्षिक उत्सव तथा देउडा सांस्कृतिक कार्यक्रम' धुमधामका साथ मनाएको छ ।
संस्था गठन भएको एक बर्ष पुगेको खुशीयालीमा प्रमुख अतिथी राजदुत धनन्जय झाको हातबाट केक काटी दिप प्रज्वलन गर्दै राष्ट्रिय गीत बजाएर शुरु गरिएको कार्यक्रम संस्थाका अध्यक्ष शिवराज जैशीको सभापतित्व तथा राजदुत धनन्जय झाको प्रमुख आतिथ्यतामा अघाडी बढेको थियो । कार्यक्रममा बिशेष अतिथीमा नेपालबाट आएका चित(परिचित देउडा सम्राट नन्द कृष्ण जोशी र गायिका तथा डोटेली चलचित्र कि नायिका चाँदनी मल्ल थिए भने अतिथीहरुमा नेपाली समाज यूएईका पूर्व अध्यक्ष कृष्ण ढकाल, नेपाली एकता समाज युएईका अध्यक्ष कृष्ण केसी, दाङ्ग देउखुरी समाज युएईका अध्यक्ष शान्ता गिरी, नेपाल पत्रकार महासंघ यूएईका कार्यबहाक अध्यक्ष त्रिलोचन कोइराला, कास्की आदर्स सेवा समाज युएईका अध्यक्ष शेखर पौडेल, नेपाली एकता महिला समाज युएईकी अध्यक्ष श्रीमती आस्था थापा, बिस्व सहयोग संघ युएईका अध्यक्ष गोबिन्द ढकाल, लुम्बिनी वेलफेयर सोसाइटी युएई महिला बिभागकी उपाध्यक्ष सरस्वती पौडेल, फिष्टेल ट्राभल्स एन्ड टुरिज़मका संचालक सुर्या गिरी, पत्रकार लाल बहादुर ढेंगा, खेमलाल पाण्डे, कलाकार आशिश पुरुष उपस्थित रहेका थिए ।
समाज सेवी, बुद्दिजिबी, साहित्यकार, कलाकारहरुको बाक्लो उपस्थिती रहेको सो कार्यक्रममा संस्थाका उपाध्यक्ष जयराज जोशीले उपस्थित अतिथी तथा दर्शकहरुलाई छोटो मिठो स्वागत मन्तब्य राखेका थिए, भने संस्थाका महासचिब मान बहादुर केसी ुमुस्कानुले वार्षिक प्रतिबेदन पेश गर्दै सुदूर पश्चिम सेवा समाज यूएईले एक बर्षमा गरेको सम्पूर्ण कार्यको बिबरण छर्लङ पार्दै १३ बर्ष देखी बिना कशुर जेल जिबन ब्यतित गरी रहेका अम्मर बहादुर बमलाई रिहाई गराउन आफु अझै सकृय भएर लाग्ने र सो कार्यमा सबैको साथ पाउने जिज्ञासा ब्यक्त गर्दै केहि दिन पहिले अलऐनमा दुर्घटना भएर मृत्युि भएका कैलालीको फुलबारी निवासी आशाराम चौधरीको बारेमा बुझेर समाजले शब नेपाल पठाउन उचित पहल गर्दै सकिदो सहयोग गर्ने बिचार ब्यक्त गरेका थिए । त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख अतिथी झाले दर्शकहरुको भिडले खचाखच भरिएको हल देखेर यूएईमा कार्यरत सुदूर पश्चिम बाशीहरुको एकता प्रती आफु धेरै खुशी भएको र सो कार्यक्रममा एक बेग्लै अनुभब लिएको जिज्ञासा राख्दै सुदूर पश्चिम सेवा समाज यूएईले एक बर्षको छोटो अबधिमा नै गरेका उल्लेखनिय योगदानको खुलेरै प्रशंसा गरे । अन्य बक्ताहरुमा नेपाली समाज यूएईका पूर्व अध्यक्ष कृष्ण ढकालले सुदूर पश्चिम सेवा समाज यूएईले स्थापना भएको पहिलो बर्षमा गरेका कामको प्रशंसा गरे ।
उक्त कार्यक्रमका प्रमुख आकर्षण रहेका देउडा सम्राट नन्द कृष्ण जोशीको नाम लिने बित्तिकै पुरै हल सिटी र तालीको गडगडाहटले गुन्जिएको थियो, देउडा सम्राट नन्द कृष्ण जोशीले स्टेजमा बेग्लै अन्दाजमा प्रबेश गर्दै उपस्तिथ सम्पूर्णलाई चकित पार्दै जुता खोलेर, घुँडा टेकेर श्रद्धाभावले आफ्नो शिर झुकाएर सम्पूर्ण सँग आशिर्बाद मागेका थिए, र युएईमा नेपालीहरुको मिलोमतो र कला सांस्कृतिक प्रतिको माया देखेर सार्है खुशी भएको जिज्ञासा राख्दै देउडा भनेको के हो छर्लंग पारेका थिए । देउडा सम्राट नन्द कृष्ण जोशीले बाज मेरी, बम्बै जान्या रेल, झम्के डालिमा जस्ता गीत गाएका थिए । चाँदनी मल्लले आफ्नो मिठो स्वरले मन्त्रमुग्ध बनाउदै जन रुया मेरा दुस्खले, सुदूरपश्चिम स्वर्ग सरी, तिमी पारी छौ सुवा, मेरी मायालु, मलाई काली काली भनि जिस्क्याउन्छन् जस्ता गीतहरु गाएर दर्शकहरुको ध्यान आफु तिर खिच्नुका साथ(साथै छमछमी नाच्न र देउडा खेल्न वाध्य बनाएकी थिन् ।
त्यस्तै यूएईमा कार्यरत कलाकारहरुमा मान बहादुर केसी र शिला सिंह ले देउडा गीत गाउदा उपस्थित सबै दर्शकहरु पैतल मिलाउदै झुमेका थिए, अन्य कलाकारहरुमा लक्ष्मण अधिकारी, दीपा नेपाली, लक्ष्मी शर्मा, सबिता आचार्यबाट गायन प्रस्तुती, मोहन सिंह ठकुराठी, शारा देवी ठकुराठीबाट नाटक प्रस्तुती रहेको थियो भने नृत्य तिर मनोज भट्ट ‘सानुकाजी’, बिबेक भण्डारी, संगीता बुर्लाकोटी, लिसा क्षेत्री, रेनु बिष्ट, निर्मला बज्रचार्यले कम्मर मर्काउदै सबैलाई छमछमी नचाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
-
चितवनमा फैसला कार्यान्वयन प्रभावकारी हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण