उपभोक्ताको स्वास्थ्यमाथि खेलबाडः कुहिएको मासु बेच्ने गरेको पाइयो
कैलाली–धनगढीका विभिन्न पसलहरुबाट गुणस्तरहिन मासु बरामद गरिएको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाईको अगुवाईमा गरिएको निरिक्षणका क्रममा आज सो पसलहरुबाट गुणस्तरहिन मासु बरामद गरिएको हो ।
पसलहरुबाट बोईलर, माछा, खसि गरि ४ क्वीन्टल गुणस्तरहिन मासु बरामद गरि जिल्ला प्रहरी कार्यालय कैलालीमा ल्याईएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
बरामद गरिएको मासु मंगलबारनै नष्ट गरिने र यस्ता खालका मासुहरुलाई व्यापक रुपमा अनुगमन गरि बरामद गरिने प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाईले बताए ।
बरामद गरिएका मासुहरु धेरै दिन देखि फ्रिजमा राखेको र सो मासुहरु पूर्ण रुपमा गनाईसकेको उनले बताए । यस्ता मासुहरु व्यापारीहरुले विक्री वितरण गरि उपभोक्ताको स्वास्थ्य माथि खेलवाड गरिएको पाईएमा कडा कारबाही गरिने चापागाईले बताए । मासु ७२ घण्टासम्म पनि फ्रिजमा राख्दा कुनै फरक नपर्ने भएपनि पछिल्लो समय लोडसेडिङ्गका कारण फ्रिजमा राखिएका मासुहरु पूर्ण रुपमा सडिसकेको पाईने गरेको छ ।
मासु किन्दा स्वच्छ छ वा छैन उपभोक्ताहरुले हेरेर मात्र किन्न विभिन्न निकायले अनुरोध गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
-
चितवनमा फैसला कार्यान्वयन प्रभावकारी हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण