अन्तर बैंक भुक्तानीका लागि बेष्ट रेमिट र नेपाल क्लियरिङ्ग हाउसबीच सम्झौता
मङ्गलबार, ०५ माघ २०७२, १३ : १०
काठमाडौं–बैंक वित्तीय संस्थाहरुलाई अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध गराउदै आएको नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले पहिलो पटक रेमिट्यान्स कम्पनी बेस्ट रेमिट नेपालसंग अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली सेवा सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेको छ ।
उक्त सम्झौता पत्रमा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र बेस्ट रेमिटका तर्पmबाट प्रबन्ध निर्देशक श्याम तामाङले हस्ताक्षर गरेका छन् ।
यस सम्झौता अनुसार नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले बेष्ट रेमिटलाई अप्रत्यक्ष सदस्यकोरुपमा अन्तर बैंक विद्युतीय भुक्तानी सेवा संचालनको लागि आफ्नो प्रणाली उपलब्ध गराउने छ ।
यस सम्झौता पछि बेष्ट रेमिटका ग्राहकहरुले यस प्रणालीमार्पmत नेपाल क्लियरिङ्ग हाउससंग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाका कुनै पनि खातामा सीधा भुक्तानी दिन रेमिटेन्स र ग्राहकको रकम स्थानान्तरण जस्ता कारोबारहरु पूर्णरुपमा संचालन गर्न सक्ने प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले बताए ।
यता बेष्ट रेमिटका प्रवन्ध निर्देशक श्याम तामाङले नेपाल क्लियरिङ्ग हाउससँगको सम्झौताले आफ्ना ग्राहकको सुविधाका लागि एक कदम अगाडि बढेको जानकारी दिदै भने–‘ पैसा जम्मा गर्न बैंकमा लामो समय लाइन लागेर बस्नु पर्ने झन्झट यो सम्झौतासँगै हट्ने छ ।’
गैरआवासीय नेपालीहरुको लगानीमा रहेको बेष्ट रेमिटले दिनप्रतिदिन आफ्नो सेवालाई गुणस्तरीय र प्रविधियुक्त बनाइरहेको छ भने विदेशबाट पठाएको रेमिटरयान्सलाई छिटो र सरलढंगबाट आफन्तको हातमा पु¥याइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
-
स्पेनका स्टार यामालको मन जित्ने इनेस गार्सिया को हुन्?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण