कैदीको तथ्यांक अनलाइनमा
कैलाली–कारागार व्यवस्थापन विभागले कैदीहरुको तथ्यांक अनलाईनमा राख्ने भएको छ । नेपाल सरकार गृह मन्त्रालय कारागार व्यवस्थापन विभागले आज सुदूरपश्चिममा कारागार व्यवस्थापन प्रणाली अभिमूखिकरण तथ्यांक प्रविधि तथा बेरुजु सम्प्रेशषण सम्बन्धी गरिएको गोष्ठीमा सो कुराको जानकारी गराएको हो । यो प्रणालीबाट देशभरका कारागारमा रहेका कैदीको विवरण, अवस्था र व्यवस्थापनबारे जानकारी हुने विभागका महानिर्देशक हिमनाथ दवाडीले बताए । विगत लामो समयदेखि कारागार क्षेत्रमा सूचनाको कमी हुँदा काम गर्न समस्या भएको स्मरण गर्दै दवाडीले अव यो प्रणालीबाट काम गर्न सजिलो हुने बताए । १ महिना भित्र देशभरका कैदीहरुको तथ्यांक अनलाईनमा राखिने उनले बताए । विभागका निर्देशक देवीप्रसाद सुवेदीले देशभरका कारागारको अवस्था नाजुक रहेको र भौतिक संरचनाको अभावमा कैदीबन्दीहरूको व्यवस्थापनमा कठिनाई हुँदै आएको बताए । यो समस्या समाधानका लागी विभाग लागि रहेको वताउदै सुवेदि ले छिट्रै कैदीहरुको जिवन स्तरमा सुघार आउने वताए । कैलालीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाईले विभागले ल्याएको अनलाईन प्रणालीको स्वागत गर्दै भने–‘यो प्रणालीबाट काम गर्न सहज हुनेछ र यो प्रर्णाली वाट तथ्यांक राख्न पारदर्शी हुनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
-
स्पेनका स्टार यामालको मन जित्ने इनेस गार्सिया को हुन्?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण