शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

तिब्बतसँग सिमाना जोडिएको प्रोक र बिहीमा मोबाइल सेवा

मङ्गलबार, ०५ माघ २०७२, १४ : ३६
मङ्गलबार, ०५ माघ २०७२

गोरखा– तिब्बतसँग सिमाना जोडिएको उत्तरी गोरखाको प्रोक र बिही गाउँमा नेपाल टेलिकमको मोबाइल सेवा सञ्चालनमा आएको छ ।

सौर्य ऊर्जाबाट चल्ने गरी प्रोक गाउँमा स्तम्भ स्थापना गरेर आजदेखि मोबाइल सेवा सुरु गरिएको हो । प्रोक युवा क्लब र बिही युवामैत्री क्लबको संयुक्त लगानीमा टावर स्थापना गरी सञ्चालनमा ल्याइएको हो ।

दुर्गममा पनि नमस्ते फोन सञ्चालनमा आएपछि स्थानीयवासीमा खुसियाली छाएको बिहीका नवीन गुरुङले बताए । टेलिफोन सञ्चालनमा आएपछि ४६३ घरधुरीका स्थानीयवासी प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।

यसअघि घन्टौँ हिँडेर टेलिफोन गर्न जाने गाउँले घरमै बसेर फोन गर्न पाउँदा खुसी भएको प्रोकका पेमा डुण्डुप लामाले बताए। “आफन्तलाई गाउँमा फोन टिप्यो भन्ने खबर सुनाउँदा सुनाउँदै रिचार्ज नै सिद्धियो”¬–उनले भने, “गाउँमा सुविधा थपियो ।”

यसअघि बिही गाविसबाट फोन गर्न प्रोकको गप जानुपर्ने बाध्यता थियो । त्यहाँ एनटी स्याटको टेलिफोन सेवा उपलब्ध छ । “एनटीस्याटबाट बोल्दा एक मिनेटकै १० रुपैयाँ तिर्नुपथ्र्यो”¬–उनले भने, “अब सस्तोमा फोन गर्न पाइने भयो ।”

बिही र प्रोकमा टावर सञ्चालनमा आएपछि मनास्लु पदमार्ग भई लार्के भन्ज्याङका लागि आवतजावत गर्ने स्वदेशी, विदेशी पर्यटकलाई पनि फाइदा पुगेको स्थानीयवासी बताउँछन् । उत्तरी भेगका अधिकांश गाउँ अझै टेलिफोन सेवाबाट वञ्चित छन् । मनास्लु पदमार्ग हुँदै बिही पुग्न पाँच दिन र प्रोक पुग्न छ दिन पैदल हिँड्नुपर्छ । ती गाविसमा अझै सडक पुगेको छैन । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप