जंगल गएकी १६ वर्षिय किशोरीको हत्या
मङ्गलबार, ०५ माघ २०७२, १७ : ३८
रुकुम–अज्ञात समुहले रुकुमकको खोलागाउँ गाविसमा १६ वर्षिय युवती सुस्मिता शाहको हत्या गरेको छ ।
खोलागाउँ गाविस वडा नं ५ सर्केना निवास शाह घर नजिकैको जगंलमा दाउरा लिन गएको वेला अज्ञात समुहले रहस्यमय तरिकाले हत्या गरेको प्रहरीले वताएको छ ।
सोमवार वेलुका ६ वजे सार्वनिक जगंलमा दाउरा लिन गएकी शाह राती अवेर सम्म घर नर्फके पछि परिवार लगाएत छिमेकी खोजी गर्न जंगल गएका थिए । अज्ञात समुहले गाउँ देखी करिव २ सय मिटर टाढा जंगलमा लिएर टाउको घाँटी र छातीमा थिचेर साजको रुखमा वाँधेर राखेको अवस्थामा परिवारले फेला पारेका थिए ।
हिमालय उच्च माध्यामिक विदालय खोलागाउँमा कक्षा ११ मा अध्ययनरत वालिकालाई यस अघि नचिनेको नम्वर वाट मोवाईलमा धम्की आएको स्थानिय निर्मल शाहले बताए ।
घटनाको अनुसन्धान तथा मृतक शाह लाई हत्यागर्ने अभियुक्तहरुको खोजी कार्य भैरहेको प्रहरी निरिक्षक पुष्पकमल श्रेष्ठले जानकारी दिए ।
मृतकको शव पोष्टमार्टमको लागी जिल्ला अस्पताल जाजरकोट लगीएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
-
स्पेनका स्टार यामालको मन जित्ने इनेस गार्सिया को हुन्?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण