सार्वजनिक सवारीसाधनको भाडा घटाउन क्रान्तिकारीको माग
बुधबार, ०६ माघ २०७२, ०१ : ०३
काठमाडौँ– अनेरास्ववियु(क्रान्तिकारी)ले तत्काल सार्वजनिक सवारीसाधनको भाडा घटाउन सरकारसँग आग्रह गरेको छ ।
क्रान्तिकारीका अध्यक्ष रमेश मल्लले मंगलबार प्रेस विज्ञप्ति प्रकाशित गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएकाले तत्काल सार्वजनिक सवारीसाधनको भाडा घटाउन आग्रह गरेका हुन् ।
निगमले सोमबारबाट लागू हुने गरी पेट्रोलमा रु पाँच तथा डिजेल र मट्टितेलमा रु ६ का दरले मूल्य घटाएको थियो । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर रु ९९, डिजेल र मट्टितेल प्रतिलिटर रु ७५ पर्नेछ । यसअघि पेट्रोल प्रतिलिटर रु १०४ र डिजेल र मट्टितेल रु ८१ मा बिक्री वितरण हुँदै आएको थियो ।
यस्तै रु २३२ प्रतिलिटरमा बिक्री वितरण हुँदै आएको हवाई इन्धनको मूल्य पनि घटेको छ । नयाँ मूल्यसूचीअनुसार हवाई इन्धनको मूल्य रु १६४ रहेको छ । इन्धनको मूल्य घट्ने तर सार्वजनिक सवारीसाधनको भाडा नघट्ने भन्ने हुन नसक्ने भन्दै तत्काल आवश्यक निर्णय गर्न क्रान्तिकारीले सरकारसँग माग गरेको छ ।
यस्तै क्रान्तिकारीले निगममा इन्धन थन्किएको तर वितरण नगरिएकोप्रति पनि आपत्ति जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
-
स्पेनका स्टार यामालको मन जित्ने इनेस गार्सिया को हुन्?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण