मध्यरातमा समातिएका काठ तस्कर धरौटीमा रिहा
सिन्धुली– सालको काठ तस्करी गर्दागर्दै रंगेहात प्रहरीको फन्दामा परेका देवकुर घिसीङ धरौटीमा छुटेका छन् । सिन्धुली जिल्ला न्यायाधिश भोलानाथ चौलागाईको इजलासले घिसीङलाई तिस हजार धरौटीमा रिहा गर्ने आदेश दिएको हो । गत पुस २१ गते राती १२ बजे महादेवस्थानको जंगलमा सालको काठ लोड गर्दागर्दै घिसीङलाई प्रहरी र बन कार्यालयबाट गएको संयुक्त टोलीले पक्राउ गरेको थियो । लोड गर्न लागेको सालको काठ, ट्याक्टर र उनले चढ्ने मोटरसाईकल सहित प्रहरी फन्दामा परेका घिसीङलाई बन कार्यालयले २ लाख ५२ हजार बिगो सहित जेल सजायको मागदावी गरेको थियो । जिल्ला सरकारी वकिल कार्यालय सिन्धुलीले बन कार्यालयकै मागदावी अनुसार अभियोग पत्र दायर गरेपनी न्यायाधिश चौलागाईले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएका थिए ।
रंगेहात समातिएका तस्करलाई पुर्पक्षको लागी थुनामा पठाउनुपर्ने कानुनी प्रावधान भएपनी जिल्ला न्यायाधिशले धरौटीमा रिहा गर्ने आदेश दिएपछी कत्तिपय कानुनविद्हरु आश्चर्यमा परेका छन् । सिन्धुलीमा कार्यरत एक अधिवक्ता भन्छन्, ‘बन ऐन अनुसार घिसीङलाई कुनै पनी तर्कका आधारमा धरौटीमा रिहा गर्नै मिल्दैन ।’ स्मरण रहोस्, घिसीङ नेकपा एमाले सिन्धुली जिल्ला समितीका सदस्य समेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
-
स्पेनका स्टार यामालको मन जित्ने इनेस गार्सिया को हुन्?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण