सेनामा जागिर खुल्यो (सुचनासहित)
काठमाडौं– नेपाली सेनाले नयाँ पदका लागि दरखास्त आह्वान गरेको छ । नेपाली सेनाको कार्यरथी विभाग भर्ना छनौट निर्देशनालय जंगी अड्डाले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै एक सय ७५ जनाका लागि दरखास्त आह्वान गरेको हो।
नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त रहेका पदहरुमा समावेशी तथा खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गरिने नेपाली सेनाले जनाएको छ। जसमा विभिन्न ट्रेडका प्राविधिक तथा बिल्दार पदहरु रहेका छन् ।
आवेदकले आवश्यक कागजात तथा शैक्षिक योग्यताको प्रमाणपत्रसहित स्वयम उपस्थित भएर १० रुपैयाँको टिकट टाँसेर दरखास्त पेस गर्न सक्नेछन्।
इच्छुक उम्मेद्वारले यही माघ ७ गतेदेखि फागुन ७ गतेसम्मभित्र र त्यसपछि दोब्बर दस्तुर तिरेर सात दिनसम्म आवेदन दिन सकिने सुचनामा उल्लेख छ ।
उम्मेद्वारहरु आवेदन दिनका लागि जंगी अड्डाको पश्चिममा रहेको खेल मैदान क्षेत्रमा पुग्नुपर्ने जनाइएको छ।
नेपाली सेनामा बहालवाला रहेको उम्मेद्वारहरुका लागि भने आवश्यक शैक्षिक योग्यता हासिल गरेको हुनुपर्ने भए पनि उमेर हद लाग्ने छैन । सुचना हेर्नुहोस्ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
-
स्पेनका स्टार यामालको मन जित्ने इनेस गार्सिया को हुन्?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण