शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मोर्चासँगको बालुवाटार बैठक विफलः प्रवचन सुन्ने काम मात्रै भयोः उपेन्द्र

बिहीबार, ०७ माघ २०७२, १४ : ००
बिहीबार, ०७ माघ २०७२

काठमाडौं– प्रमुख विपक्षी दल नेपाली कांग्रेससहितका तीन दल र तराई मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीचको वार्ता विफल भएको छ । बैठकपछि बाहिरिने क्रममा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वार्तामा तीन दलबाट पुरानै कुरा राख्ने काम भएकाले कुनै प्रगति हुन नसकेको संञ्चारकर्मीहरुलाई बताए । उनले वालुवाटारमा तीन दलका नेताहरुको आफूहरुले ‘प्रवचन’ मात्रै सुन्नुपरेको भन्दै वार्ता अर्थहिन भएको टिप्पणी गरे । ‘बैठकमा चिया विस्कुट खाईयो, चियासँग तीन दलको प्रवचन मात्रै सुन्ने काम भयो’, यादवले भने, ‘चार महिनादेखि बैठकमा जे कुरा हुन्थ्यो आज पनि त्यही भयो ।’ चार महिनायता चाहि बैठकमा के कुरा हुन्थ्यो नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘सीमांकनको विषयलाई तीनमहिनाभित्र टुंग्याउने, त्यसका लागि राजनीतिक संयन्त्र बनाउने, छलफल गरौं .... त्यस्तै कुरा हुन्थ्यो जुन आज पनि जारी छ ।’ वार्ता विफल भएसँगै मधेसी मोर्चासँग सहमति जुटाएर संसदमा संविधान संशोधन प्रस्ताव अघि बढाउने सरकारी प्रयास विफल भएको छ । मोर्चाका सांसदहरुले आजको बैठक बहिस्कार गर्ने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप