बालुवाटार बैठकबाट बाहिरिए गच्छदार, संशोधन विधेयकबाटै मोर्चाको माग सम्बोधन हुने दाबी
काठमाडौं– प्रधानमन्त्री निवास बालुवाटारमा तीन दलको बैठक चलिरहँदा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार आफूलाई संसद बैठकमा जान हतारो भएको भन्दै हिँडे । यसअघि तीन दलसहितको मधेसी मोर्चाको बैठक बसेको थियो । तर सो बैठकबाट कुनै सहमति हुन नसकेपनि मोर्चाका नेताहरु बैठकबाट बाहिरिएका थिए ।
बालुवाटारबाट बाहिरिने क्रममा गच्छदारले संसदमा लगिएको दुई ओटा संशोधन प्रस्तावबाटै मधेसी मोर्चाको माग सम्बोधन हुन सक्ने जिकिर गरे ।
‘हामीले संशोधन प्रस्ताव संसदमा लगेका छौं, सोको छलफलमा मधेसी मोर्चामा अवद्ध समासद पनि सहभागि हुनुपर्छ, त्यसैबाट उहाँहरुको माग सम्बोधन हुन सक्छ’, उनले भने । उनले बैठकमा पनि आफूहरुले मोर्चालाई यही भनेको तर त्यसमा असहमति जनाउँदै बाहिरिएको उनले बताए । बैठकमा मोर्चाका नेताहरुले सो प्रस्ताव कांग्रेसको भएको र आफूहरुसँग कुनै छलफल नै नगरि ल्याइएको प्रस्तावको अर्थ नभएको पनि बताएको उनको भनाई थियो । मोर्चाका नेताहरुले भ‘आफूहरुको माग ११ बुँदे नै भएको र त्यसमै बैठक केन्द्रीत हुनुपर्ने’ बैठकमा बताएको समेत उनको भनाई थियो । यद्यपी संशोधन प्रस्तावलाई परिमार्जन गरेर अघि बढाइएको खण्डमा मोर्चाको माग पूरा हुन सक्ने गच्छदारको भनाई छ । सरकारले समानुपातिक समावेशी र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारणबारे मधेसी मोर्चा लगायतको माग सम्बोधन गर्न संविधान संशोधनको प्रक्रिया अघि बढाउन लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
-
स्पेनका स्टार यामालको मन जित्ने इनेस गार्सिया को हुन्?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण