शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काठमाडौंमा भुकम्पको धक्का महसुश

शुक्रबार, ०८ माघ २०७२, ०१ : ५८
शुक्रबार, ०८ माघ २०७२
काठमाडौं – काठमाडौंमा शुक्रबार बिहानै भुकम्पको धक्का महसुश भएको छ । शुक्रबार बिहान १ बजेर ७ मिनेटजाँदा धादिङ र नुवाकोटको सीमानामा पर्ने   साल्मे र किन्ताङ आसपास भएर केन्द्रबिन्दु भएर ४ दशमलब ६ रेक्टरस्केलको भुकम्पको धक्का गएको हो । राजधानीका सर्वसाधारण मस्त निन्द्रामा रहेकै बेला ठूलो झड्का आएपछि हल्लीखल्ली नै मच्चिएको थियो भने केहि त हतारहतार घरबाहिर समेत निस्किएका थिए । गत बैशाख १२ गते गएको विनाशकारी भुकम्पपछि हालसम्म ४ रेक्टरस्केलभन्दा माथिका ४२४ ओटा भुकम्पको धक्का गइसकेको छ । गोरखा केन्द्रबिन्दु भएको सो भुकम्पका कारण आठ हजारबढी मानिसले ज्यान गुमाएका थिए भने हजारौं घरहरु ध्वस्त भएका थिए। भुकम्पबाट पीडित बनेका प्रभावित क्षेत्रका बासिन्दा अहिले पनि राहत र पुर्ननिर्माणको पर्खाईमा छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप