भारत जाँदै लागू औषध प्रयोग गर्दै, पूरा भएन प्रहरी प्रमुखको प्रतिबद्वता
नवलपरासी–नवलपरासीमा लागू औषध सेबन गर्ने युबाकाहरुको संख्या बढदै गएको पाइएको छ । नवलपरासीका युबाहरु दैनिक भारत उत्तर प्रदेशको ठुटीबारी बजारमा पुगेर लागुऔषध सेबन गरी निर्बाधरुपमा सार्बजनीक सवारीमा परासी आउने र आ–आफनो गन्तब्य जाने गरेका छन् । त्यसलाई रोक्न भने प्रहरीले कुनै सक्रियता देखाएको छैन ।
ठुटीबारी बजारसदरमुकाम परासीबाट जम्मा ११ किलोमीटरको दुरीमा रहेकाककेले सेबनकर्ता युबाहरुलाई आवत जावतमा सहज हुने गरेको छ । कतिपयले लुकाई छिपाई लागु औषध समेत बोकेर आउने गरेको बताइन्छ । केहि पटक परासी आसपासका केहि मेडिकलबाट लागु पदार्थ बरामद भएका घटनाले पनि मेडिकलमा लुकाई छिपाई बिक्रि बितरण भएको पुष्टी हुन्छ । यता , परासी र असापासका साना ठुला बजारमा घरलु मदीरा दैनिक सयौं लीटरको बिक्रि हुने गरेको छ । यसको नियन्त्रणमा प्रहरी परिचालन जरुरी रहेको स्थानीयले बताए छन । स्वास्थ्यमा हानीारक अखाद्य बस्तुबाट निर्माण गरीने अवैध घरेलु मदिराका ब्यापारीहरुले ग्यालेनमा मदीरा राखेर खुलेआम यहाँका होटलहरुमा बिक्रि गर्ने गरेका छन् । घरेलु मदीराको यस्तो बिक्रिले सरकारलाई राजश्व तिरेर संचालन गर्ने मदीरा उद्योगीहरु र यिनका डिलरहरुलाहरुमा प्रत्यक्ष असर परेको उद्योगीले बताएका छन् । घरेलु मदीराले नाजायज प्रोहत्सान पाउदा एकातीर बनजंगलमा दाउरा चोरी हुने र अर्कातिर कार्बन उत्सर्जनले बताबरणमा नराम्रो प्रभाब पार्ने तथा सेबन गर्नेको स्वाश्थ्यमा असर गर्ने हुनाले यसको तत्काल नियन्त्रण हुन जरुरी रहेको सरोकारवालाहरुको भनाई छ । हालै नवलपरासीमा आएका प्रहरी प्रमुख एसपी राजेन्द्र प्रसाद चौधरीले जिल्लामा कानुनको प्रतिकुल हुने सना तिना सबै कृयाकलापको नियन्त्रण गर्ने प्रतिबद्धता जनाएपनि त्यो पूरा हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्रीविरुद्ध दर्ता अविश्वासको प्रस्तावमाथि छलफल गर्न डाकिएको प्रदेशसभा बैठक बस्न ढिलाइ
-
नेपाल लोकतान्त्रिक भूतपूर्व प्रहरी सङ्घको अध्यक्षमा सिटौला मनोनित
-
पदत्याग गर्दै भारतीय शिक्षामन्त्री प्रधानले के भने ?
-
वित्तीय शोषणविरूद्ध साउन १० गते काठमाडौँमा ‘राजधानी मार्च’ हुँदै
-
कक्रोच जनता पार्टीको ३६ दिने आन्दोलनपछि भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा
-
बिना निर्णय टुङ्गियो एमाले कर्णाली दलको बैठक, अन्तिमसम्म ‘ओलीकाे फोन’ कुर्ने रणनीति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण