मदन जसले ६ अस्पताल धाउँदा पनि छोरी बचाउन सकेनन्
बुधबार, १३ माघ २०७२, १४ : ४१
काठमाडौ– देशमा राज्य संयन्त्रले काम नगर्दा मानिसहरुले कति धेरै दुःख पाउँछन् भन्ने उदारण मदन पौदार हुन् । सुनसरी जल्पापुर–३ का मदनले आगोमा जलेकी छोरी बचाउँन यति धेरै दौडधूप र दुःख गरेकी कि, जसको कथा भयानक छ ।
चिया पकाइरहेको आगोबाट जिउ जलेकी छोेरी बचाउन उनले लाख कोशिष गरे । छोरी बचाउन सम्भव भएन । तर, मदन र उनका आफन्तको त्यो दौडधूप र दुःखले दिने सन्देश स्वास्थ्य क्षेत्रमा रहेको अमानवीय चरित्र हुन हदसम्मको छ भन्ने हो । छोरी बचाउन मदन कहिले कता त कहिले कता सहयोगका लागि चहार्दै रहे । तर, कहि कतैबाट सहयोग प्राप्त भएन ।
मदनका आफन्तले छोरीलाई लिएर ६ वटा अस्पताल चहारे । तर, पैसा मात्र खर्च भयो । भारतीलाई बचाउन सकेनन् । किर्तिपुरस्थित बर्न अस्पतालमा उनका साढे पाँच वर्षीया छोरी भारती जो जलेकी थिइन् उपचार गराउँदा गराउँदै उनको निधन भयो ।
चिया पकाइरहेको आगोबाट जिउ जलेपछि तत्काल उपचारका लागि भारतीलाई सुनसरीको इनर्वा लगिएको थियो ।
त्यहाँ समान्य उपचारपछि त्यहीँ दिन भारतीलाई विराटनगरको कोशी अस्पताल रिफर गरियो ।
त्यहाँ पनि डाक्टरले उपचार गर्न नसकेपछि तत्कालै बीपी मेमोरियल अस्पताल धरान पठाए ।
त्यहाँ पनि उनको उपचार सम्भव नभएपछि अर्को दिन काठमाडौंको कान्ति बालअस्पतालमा पुर्याइयो ।
आमहडतालका कारण भारतीलाई बिराटनगर हुँदै काठमाडौ ल्याएको थियो । तर, कान्तिबाल अस्पतालले एक दिन पनि राख्न मानेन । अस्पतालले बर्न वार्ड नभएर उपचार सम्भव छैन भनेपछि सुष्मा मेमोरियल अस्पताललाई सम्पर्क गरेका थिए मदनले । त्यहाँ पनि अस्पतालले ‘यहाँ बर्न अस्पताल भएपनि डाक्टर छैनन्’ भनेर फर्काए ।
त्यसपछि अन्तराष्ट्रिय बाल अस्पताललाई सम्पर्क गरे मदनले । भर्ना गर्ने क्रममा अस्पताल प्रशासनले मदनलाई भन्यो, ‘यहाँ उपचार त हुन्छ, तर महँगो हुन्छ ।’ भारतीका आफन्त रामचन्द्र पौदारले ‘महँगो भए पनि छोरीलाई बचाउनुस, निको हुन्छ भने उपचार शुरु गर्नुस्’ भने । त्यसपछि मात्र ति बालिकाको उपचार शुरु भयो । त्यहाँ चार दिनसम्म उपचार भएको दमनले बताए । ‘४६ हजार रुपियाँ खर्च भयो तर स्वास्थयमा कुनै सुधार नभएपछि अस्पतालले किर्तिपुरको बर्न अस्पतालमा रिफर गरिदियो ।’ उनले भने । सो अस्पतालमा जलेकाको मात्र उपचार हुन्छ ।
भारतीको १९ दिनसम्म किर्तिपुरमा उपचार भयो तर डाक्टरले उनलाई बचाउन सकेनन् । माघ ५ गते भारतीको निधन भयो । मदनले त्यहाँको डाक्टरको भनाई उद्धृत गर्दै भने, ‘६० प्रतिशत भन्दा बढी भाग जलिसकेको थियो । पेटको भित्रसम्म असर गरेको कारण दिशा पिसाब गर्न पनि सकिरहेका थिएन । खाना त झन खान सकिरहेका थिएन ।’
छोरीलाई उपचार गराउन यति ऋण लिइसकेका थिए, कि अब त उनलाई साथी भाइले ऋण दिन पनि छाडि सकेका थिए । रसाएको आँखाको आँसु पुछ्दै मदनले रातोपाटीसँग भने, ‘एकलाख पच्चास हजार भन्दा बढी खर्च भइसक्यो साथी भाइले ऋण दिन पनि छाडि सके ।’
निधन भएको अवस्थासम्ममा ऋण गरेर ल्याएको दुई लाख ३० हजार खर्च भयो तर छोरीलाई बचाउन सकिएन भन्दै मदन भक्कानिदै भने ।
उता आमा पनि क्यान्सरबाट थलिएर मृत्युको बाटो पर्खि रहेकी छिन् । ‘अब मेरी आमा मृत्युसँग जुद्धिरहनु भएको छ । उहाँलाई पनि क्यान्सर लागेको छ । डाक्टरले औषधि खुवाउँदै गर्नु, अब जति दिन बाँच्नु हुन्छ त्यो नाफाको जिन्दगी हुन्छ भन्नुभएको छ । मेरो जिन्दगी यस्तो भयो कि छोरीको लास सेलाउन नपाउँदै आमा कहिले मर्नुहुन्छ भनि पर्खेर बसेको छु ।’ उनले भने ।
मदनले आफ्नो आमाको उपचारका लागि पनि एक लाखभन्दा बढी खर्च गरिसकेका छन् । भरतपुर क्यान्सर अस्पतालका डाक्टरले १० लाख खर्च गरेपनि आमाको क्यान्सर निको हुँदैन भनेपछि घरमा राखेर औषधी खुवाउँदै राखेको मदनले सुनाए ।
केही महिना पहिले मदनको बुवाको पनि क्यान्सरबाटै मृत्यू भयो । मदनले आफ्ना बुवालाई बचाउन पनि कम्ति प्रयास गरेनन् । नौ लाखभन्दा बढी रुपियाँ खर्च गर्दा पनि उनले आफ्ना बुवालाई बचाउन सकेन ।
साढे तीन वर्ष पहिले हजुर बुवाको पनि क्यान्सरकै कारण मृत्यु भएको थियो । त्यसमा पाँच लाखभन्दा बढी खर्च भएको थियो मदनको । हजुरवुवा, बुवा, आमाको उपचारमा खर्च गर्दा गर्दै सबै जमिन बचिसकेका मदनसँग अब १७ धुर घडेरी र चार कठ्ठा खेतीयोग्य जमिन मात्र रहेको छ । अरु सबै खर्च ऋणमा नै भएको थियो । ‘बुवा त वित्नु भयो । नौ लाखभन्दा बढी ऋण छ ।’ उनले भने ।
मदनका दुईटा छोरा छोरी छन् । यिनी सबैका लागि पनि एकपटक विदेश जानै पर्छ भन्दै मदन एकलाख ३० हजार ऋण गरेर विदेश गएका थिए । त्यहाँ काम गरेको छ महिना पनि पुगेको थिएन । घरबाट खबर गयो कि, ‘तिम्रो आमा विरामी पर्नुभयो, अस्पतालमा भर्ना भएको छ, छिट्टो आउन पर्यो ।’
तर, त्यसबेला मदनका आमा होइन, छोरी जलेर अस्पतालमा भर्ना भएकी थिइन । छोरी जल्यो भनेपछि मदनलाई विदेशमा तनाव हुन्छ भनेर नै आमाको नाम भनेर उनलाई नेपाल फर्काएका थिए आफन्तले । आमालाई सन्चो छैन भन्ने कुरा मदनलाई पनि थाह थियो । उनी विदेशबाट फर्केर अन्तरराष्ट्रिय विमानस्थलमा ओर्लेपछि मात्र थाह पाए कि, छोरी भारती मृत्युसँग जुधिरहेकी छिन् । त्यहाँबाट उनी किर्तिपुर अस्पतालमा दौडिए ।
छोरीलाई बचाउन काठमाडौ चहार्न थाले । पहिलो चरणमा उनले पत्रकरलाई भेटे । उनले सोचेका थिए, ‘पत्रकारले समाचार लेखि दिएपछि केही प्रचार हुन्छ र सहयोगका हातहरु अगाडि बढ्छ ।’
त्यसपछि उनी दौडिए आफ्नै जिल्लाका मन्त्री विजयकुमार गच्छदारसमक्ष । मदन उनीसँग त भेट्न पाएनन् तर पार्टी कार्यालयका सचिव परमानन्द मेहतासँग उनको कुरा भयो । मेहताले ‘गाविस र जिल्लाको सिफारिस लिएर आउन अनि सहयोग गर्न लगाई दिने’ सल्लाह दिएका थिए ।
सोही सल्लाह बमोजिम मदनले सुनसरी जिल्ला अस्पताल र गाविसलाई चहारे । उनीहरुले ‘यो जलेकालाई सहयोग गर्न सिफारिस गर्दैनौँ’ भन्ने जवाफ दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण