तत्काल स्ववियू निर्वाचनको मागसहित अखिल क्रान्तिकारीले बुझायो १५ बुँदे ज्ञापनपत्र
काठमाडौं– एमाओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालका उपकूलपतिसामु १५ बुँदे ज्ञापन पत्र बुझाएको छ । बुधबार क्रान्तिकारीका अध्यक्ष रमेश मल्लको नेतृत्वमा गएको टोलीले तत्काल स्ववियु निर्वाचन गर्नुपर्ने, आंगिक क्याम्पसहरुको विस्तार र शैक्षिक गुणस्तर विकासका सम्वन्धमा ठोस कार्ययोजना बनाई लागु गर्नुपर्ने, छात्रावृतिलाई लक्षीत वर्गको पहुँचसम्म पुर्याइनुपर्ने, समय सापेक्ष पाठ्यक्रम परिमार्जन गर्नुपर्ने, प्रत्येक शैक्षिक सत्रमा १० प्रतिशत शुल्क वृद्धिगर्ने निर्णयको खारेज गर्नुपर्ने लगायत १५ बुँदे माग समेटिएको ज्ञापनपत्र उपकुलपति तीर्थ खनियाँलाई बुझाएको संगठनका प्रवक्ता सुरेन्द्र बस्नेतले जानकारी दिए । ज्ञापनपत्र बुझ्दै उपकुलपति खनियाले सबै विद्यार्थी संगठनसित छलफल गरी जेठभित्रै चुनाव गराउने तयारीमा विश्वविद्यालय रहेको जानकारी दिँदै १५ बुँदेमाग प्रति गम्भीर रहेको समेत बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण