भुकम्पपछिको पुर्ननिर्माणका लागि लगत संकलन सुरु
बुधबार, १३ माघ २०७२, १६ : ३२
काभ्रे–भूकम्प प्रभावितको आवास पूनःनिर्माणका लागि काभ्रेमा शुक्रबारदेखि लगत संकलन कार्यक्रम सुरु भएको छ । केन्द्रीय तथ्यांक विभागको निर्देशनमा लगत संकलन गर्न लागिएको हो ।
विहिबार बनेपामा एक कार्यक्रमका बीच लगत संकलनमा खटिएका इन्जिनीयर र सामाजिक परिचालकलाई प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थी, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख राजेशनाथ बाँस्तोला र स्थानीय विकास अधिकारी टेकराज न्यौपानेले एक कार्यक्रमका बीच विदाई समेत गरेका छन् ।
काभ्रेमा ३ चरणमा लगत संकलन गरि सक्ने काभ्रेको तथ्यांक अधिकृत दिनानाथ ल्हाम्सालले जानकारी गराएका छन् । उनका अनुसार पहिलो चरणमा पाँचखाल नगरपालिका, नयाँगाउँ देउपुर, ग्रैह्रीविसौना देउपुर, वालुवापाटी देउपुर, महादेवस्थान, चण्डेनी, जैशीथोक, दोलालघाट लगायतका गाविसहरुमा संकलन हुनेछ ।
लम्सालका अनुसार टोलीले पारिवारिक विवरण, सामाजिक, आर्थिकलगायतको विवरण संकलन गर्ने छ । टोलीले दिनमा कम्तीमा १५ देखि २० घरको लगत संकलन गर्ने बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण