भूकम्प पीडितको सहयोगार्थ अष्ट्रेलियामा भैरव
काठमाडौं – नेपालमा रहेका भूकम्पपीडित परिवारलाई न्यानो कपडा र राहत सामाग्री सहयोग गर्न न्यानो संसार नामक गैर सरकारी संस्थाले फिल्म ‘भैरव’को अष्ट्रेलियाको मेलबर्नमा प्रदर्शन हुने भएको छ । सिड्नीको उत्साहजनक प्रदर्शन पश्चात फिल्मलाई अष्ट्रेलियाका विभिन्न सहरहरुमा प्रदर्शन गर्न लागिएको कार्यक्रम आयोजक विज्ञान कँडेलले बताए । अष्ट्रेलियामा रहेर पत्रकारिता गरिरहेका कँडेल र सुमन खरेलको सक्रियतामा फिल्मलाई अष्ट्रेलियामा प्रदर्शन गराउन लागिएको हो । नेपालबाट यसको व्यवस्थापन निर्देशक तथा सञ्चारकर्मी जनकदीप पराजुलीले गरेका छन् । निखिल उप्रेतीको निर्माण तथा निर्देशन रहेको फिल्ममा निखिलसहित अनु शाह, मुरलीधरलगायतका कलाकारले अभिनय गरेका छन् । फिल्मले तराईको विषयबस्तुलाई उठान गरेको छ । अष्ट्रेलियामै रहेको नेपाल रिपोटर्स मिडियाले पनि यो फिल्मलाई अष्ट्रेलियाको विभिन्न सहरमा यो फिल्मलाई प्रदर्शन गराईरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण