विद्यार्थीलाई हिमालयन बैंकको सौर्य बत्ती तथा ब्ल्यांकेट
काठमाडौं–हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत समाजिक दायित्व अन्तर्गत चरीकोट, दोलखाका भूकम्प पिडित तथा विद्यार्थीहरु गरी ४७५ जनालाई सौर्य बत्ती तथा ब्ल्याँकेट प्रदान गरेको छ । हिमालयन बैंकका मानव संशाधन व्यवस्थापक कपिल प्रसाद लोहनी तथा बैंकका अन्य पदाधिकारीहरुले उक्त सामाग्रीहरु भूकम्प पिडित तथा विद्यार्थीहरुलाई स्थानीय माउन्ट भ्याली विद्यालय परिसरमा आयोजित एक समारोहका बीच प्रदान गरेका हुन् । सो अवसरमा स्थानीय प्याब्सन अध्यक्ष, सुरक्षाकर्मीहरु तथा पत्रकारहरुको पनि उपस्थिति थियो ।
सोही अवसरमा बैकले माउन्ट भ्याली विद्यालय परिसरमा निःशुल्क स्वास्थ्य शिविरको समेत आयोजना गरेको थियो । उक्त स्वास्थ्य शिविरमा शंकरापुर अस्पताल, जोरपाटीका वरिष्ठ चिकित्सक डा. रमेश ढकालको नेतृत्वमा १४ जनाको चिकित्सक टोलीले स्थानीय तथा विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गरेको थियो । शिविरमा करीब ३५० जनाले आफ्नो स्वास्थ्य परीक्षण गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण