शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

कांग्रेस नेतामा लोकतान्त्रिक पद्वती हराउदै गयोः महामन्त्री सिंह

बुधबार, १३ माघ २०७२, १६ : ५१
बुधबार, १३ माघ २०७२

भक्तपुर – नेपाली काँगे्रसका महामन्त्री प्रकाशमान सिंहले पार्टी भित्रका केही नेतामा आन्तरीक प्रजातान्त्रीक र लोकतान्त्रीक पद्धती हराउदै गएकाले पार्टीमा विभिन्न समस्या पैदा हुने गरेको बताएका छन् ।

नेपाली काँगे्रस मध्यपुर थिमी नगर कार्य समितिले बुधबार आयोजना गरेको समिक्षा तथा सम्मान कार्यक्रममा बोल्दै उनले भने “प्रजातान्त्रीक र लोकतान्त्रीक पद्धती गइसकेपछि हार वा जीत जे भएपनि स्विकार्नु पर्दछ तर हाम्रा केही साथीहरु हार स्विकार गर्न जान्दैनन्” ।

यदि काँग्रेसका नेतामा महाधिवेशनको समयमा हुने नतिजा जे भएपनि मान्ने बानी हरायो भने पार्टी भित्र नै लोकतन्त्रको संकट पैदा हुने नेता सिंहको भनाई छ ।

आफुले चाहे जस्तो नतिजा नआए अराजनितीक चरित्र देखाउने नेताहरुले गर्दा यस्तो चरित्र १३ औं महाधिवेशनबाट हटाउन समेत महामन्त्री सिंहले आग्रह गरेका छन् ।

कार्यक्रममा बोल्दै नेता सिंहले भने “अब तपाई हामीले १३ महाधिबेशनबाट काँग्रेस नेतृत्वको सरकारले घोषणा गरेको संविधान कार्यवन्यन गर्न सक्ने नेता छान्नु पर्दछ ”।

मुलुकमा अब आर्थिक क्रान्तीको आवश्यकता भएकाले आर्थिक रुपमा परिर्वतन गर्न नेतृत्व छान्नु नै यस महाधिबेशनको मुख्य चुनौती रहेको सिंहले बताए । “ यदि नेपाली काँग्रेस दोस्रो संविधान सभाको निर्वाचनमा पहिलो दल नभएको भए संविधान पाउने जनताको आशा कहिल्यै पुरा हुदैँन थियो” नेता सिंह भने । काँग्रेस नै मुख्य दल भएकाले एउटै सरकारले घोषित मिति भन्दा केही समय ढिला भएपनि जनतालाई नयाँ संविधान दिएको नेता सिंहको दाबी छ ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य बद्री पाण्डे, नेपाली काँग्रेसका सांसद रामेश्वर प्रसाद ढुंगेल, तरुण दलका पूर्व अध्यक्ष बिनोद कायस्थ लगायतले सबैले पार्टी भित्र ठुला ठुलापद ताक्नु भन्दा पनि गाउँ तथा जिल्लामा पार्टीलाई बलियो बनायन लाग्नु पर्ने धारणा व्यक्त गरेका छन् । उक्त कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान दिनु हुने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप