परीक्षा फारम एउटै, शुल्क दुई थरी
बुधबार, १३ माघ २०७२, १७ : ०९
पोखरा –जिल्ला शिक्षा कार्यालय कास्कीले कक्षा आठको परीक्षा फारममा सामुदायिक र संस्थागत विद्यालयका दुईथरी फारम शुल्क तोकेको भन्दै कास्कीका केही संस्थागत विद्यालयहरुले त्यसको विरोध गरेका छन् ।
कक्षा आठको आगामी चैत्र ३ गतेवाट हुने जिल्ला स्तरीय परीक्षाको फारम सामुदायिक विद्यालय र संस्थागत विद्यालयमा फारम शुल्क फरक फरक तोकेपछि उनीहरुले त्यसको विरोध गरेका हुन् ।
जिल्ला शिक्षा कार्यालय कास्कीले सामुदायिक विद्यालयको फारम शुल्क १ सय तोकेको छ भने निजी विद्यालयको फारम शुल्क रु २ सय तोकेको छ ।
निजी विद्यालयको शुल्कमा प्याव्सनले पुस्तिका सम्ंपरीक्षण भन्दै थप १ सय ५० र त्यसमा पनि व्यवस्थापन खर्च भन्दै थप ५० गरी ४ सय रुपैयाँ प्रति विद्यार्थीवाट असुल्न खोजेपछि कास्कीका अधिकांश विद्यालयहरु त्यसमा असहमत भएका छन् ।
एउटै परीक्षा आखिर जिल्ला शिक्षा कार्यालयले नै संचलन गर्ने भएपछि किन दोहोरो शुल्क भन्ने जिज्ञासामा कास्कीका जिल्ला शिक्षा अधिकारी विष्ण्ुा अधिकारीले विगतमा यस्तै भएकोले अहिले पनि त्यही कायम गरिएको वताए । उनले संस्थागत विद्यालयको उत्तर पुस्तिका संम्परीक्षणको झण्झटवाट मुक्ति लिनको लागि प्याव्सनलाई जिम्मा दिएको वताएका छन् ।
प्याव्सन कास्कीका अध्यक्ष चीनु रानाभाटले उत्तर पुस्तिका संम्परीक्षण सहित निजी विद्यालयका कापी प्याव्सनले नै संम्परीक्षण गर्ने भएकोले यो वढी शुल्क लिएको वताए ।
तर शिक्षा नियमावली २०४९ अनुसार एउटै परीक्षामा दोहोरो शुल्क लिन नपाईने व्यवस्था छ । जिल्ला शिक्षा कार्यालय कास्कीले भने दोहोरो शुल्कलाई मौनता साँधेको छ ।
कास्कीका सामुदायिक र संस्थागत गरी करीव १५ हजार विद्यार्थी आगामी चैत्र ३ गतेदेखि हुने कक्षा ८ को परीक्षामा सहभागी हुने कास्कीका जिल्ला शिक्षा अधिकारी विष्णु अधिकारीले वताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण