दिल्लीबाट काठमाडौं आउने दुई जहाजमा फेरि बमको हल्ला
बुधबार, १३ माघ २०७२, १७ : २८
काठमाडौं– बुधबार भारतको राजधानी नयाँ दिल्लीबाट काठमाडौं उड्ने तयारीमा रहेका जेट एयरलाइन्स र एयर इन्डियाका जहाजमा बम भएको धम्कीयुक्त फोनपछि उडान रोकिएका छन् ।
अज्ञात व्यक्तिले फोन गरेर जेट एयरलाइन्स र एयर इण्डियाको जहाजमा बम राखेको बताएका थिए । भारतीय सञ्चार माध्यमहरुका अनुसार विमानस्थल प्रहरीको डेपुटी कमिसनरलाई टर्कीबाट भीओआईपी प्रयोग गरेर त्यस्तो फोन आएको थियो ।
फोनसँगै एयर इण्डियाका सबै यात्रुहरुलाई अन्यत्रै राखिएको भने जेट एयरवेजका यात्रुलाई वेटिङ एरियामा राखिएको छ ।
दुवै जहाजमा अहिले बम डिस्पोजल टोलीले बम भए नभएको निरिक्षण गरिरहेका छन् । दुई दिनअघि पनि काठमाडौं आउन लागेको जेट एयरवेजको विमानमा बम भएको हल्ला चलाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण