मन्त्रालय फुटेपछि मानसिक तनावले काम हुन सकेनः कृषि मन्त्री
काठमाडौ–कृषि मन्त्री हरीबोल गजुरेलले मन्त्रालय फुटेपछि मानसिक तनावका कारण कार्यक्रम प्रभावकारी हुन नसकेको बताएका छन् । मन्त्रालय विभाजन पछि समयमा मन्त्रालयको क्षेत्राधिकार विभाजन पनि समयमा हुन नसक्दा कर्मचारीमा मानसिक असर परेकोले मन्त्रालयका काम दु्रत गतिमा हुन नसकेको उनले बताए पनि समयमा हुन सनक्दा कर्मचारीमा मानसिक असर परेकोले मन्त्रालयका काम दु्रत गतिमा हुन नसकेको उनले बताए । ‘विभाजन हुँदा कर्मचारीमा मानसिक असरले प्रभाव पार्यो’ मन्त्रालयले दुई महिनामा गरेका कार्यप्रगति सार्वजनिक गर्न आयोजीत पत्रकार सम्मेलनमा मन्त्री गजुरेलले भने ‘त्यसले गर्दा जुन रफ्तारमा काम गर्ने योजना थियो, त्यसरी प्रतिफल यहाँ सार्वजनिक गर्न सकिएन ।’ मन्त्री गजुरेलले आफ्ना कार्यकर्ताले पनि गाउँ र जिल्लाबाट फोन गरेर फूटेको मन्त्रालयमा नबस्न सुझाव दिएको बताए । ‘मन्त्रालय फुट्दा म सुर्खेत थिएँ, अध्यक्षज्यू संग भनेर प्रधानमन्त्रीकहाँ मन्त्रालय नटुक्र्याउन भन्यौँ ’ उनले भने ‘तर प्रधानमन्त्री ज्यूले बाध्यता हो, बुझिदिनुप¥यो भन्नुभयो ।’ उनले मन्त्रालयले २ महिना अगाडी २७ बुँदे प्रतिवद्धता ल्याएँदा विज्ञहरु र कर्मचारीविच गम्भिर तरीकाले छलफल चलाएर ल्याएकोले एकदमै राम्रा योजनाहरु ल्याएको दावी गरे । ‘म आएर यो गरेँ, अर्को आएको भएपनि यहि नै गर्नुपथ्र्यो’ मन्त्री गजुरेलले भने ‘कमसेकम हामीले एकदम छलफल चलाएर ल्याएको योजना हुन, यसले कृषि क्षेत्रमा राम्रो सुधार गर्छ ।’ मन्त्री गजुरेलले नेपालमा खाद्य संकट आउन नदिन र बाँझो जमिन नराख्ने योजना अनुसार अभियान चलाईने बताए । त्यसका लागि ६ वटा बालिमा आत्मनिर्भर हुनेगरी कार्यक्रम ल्याएको उनले बताए । ‘बाँझो नराख्ने योजनाका लागि अर्थमन्त्री संग पनि भेटेर कुरा गरेँ, अर्थमन्त्री ज्यू सकारात्मक हुनुहुन्छ, ’ उनले भने । अव मन्त्रालयमा कर्मचारीको व्यवस्थापन पनि भईसकेकोले अव तिव्र गतिमा काम अगाडी बढ्ने उनले बताए । आत्मनिर्भर अभियानका लागि पहिलो चरणमा धानको उत्पादन बढाउनेतर्फ कार्यक्रम बनाउन लागिएको उनको भनाई छ । ‘अव लगत्तै चैतेधानको उत्पादन बढाउनेगरी कार्यक्रम बनाउनुपर्छ ।’ उनले भने ‘त्यका लागि तराईका जिल्लामा अर्थ, कृषि, उर्जा र आपूर्ति मन्त्रालय मातहतका कार्यालयहरुलाई बोलाएर छलफल चलाउँछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण