शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

प्रचण्ड फेरि किन जाँदैछन् थाइल्याण्ड ?

बिहीबार, १४ माघ २०७२, १० : ३६
बिहीबार, १४ माघ २०७२
काठमाडौं– एमाओवादी अध्यक्ष प्रचण्ड फेरि थाइल्याण्ड जाने भएका छन् । थाइल्याण्डको बैंककस्थित समितिभेज अस्पतालमा जन्डिसको उपचार गराइरहेका पार्टी सचिव अनन्तको स्वास्थ्यको बारेमा थप जानकारी लिन भन्दै उनी फेरि थाइल्याण्ड जान लागेका हुन् । यसअघि प्रचण्ड अनन्तको स्वास्थ्य अवस्थाबारे जानकारी लिन गत पुस २२ गतेपनि थाइल्याण्ड गएका थिए । प्रचण्डको सचिवालयका अनुसार नेपाल एयरलाइन्सको बिमानबाट शुक्रबार बिहान ११ बजे उनी त्यसतर्फ प्रस्थान गर्नेछन् । सो क्रममा उनलाई नेपाल ल्याउने विषयमा बैंककस्थित चिकित्सिकहरुसँग छलफल हुने प्रमुख सचिवालय सदस्य जोगबहादुर महराले जानकारी दिए । साथै अध्यक्षले बैंककमा संगठनको वर्तमान अवस्था र नेपालमा पार्टीको देशव्यापी स्थितिको बारेमा पनि सचिव अनन्तसँग छलफल गर्नेछन् । लामो समय उपचारका क्रममा रहेका सचिव अनन्त पार्टी गतिविधि र पार्टीका बैठकमा अनुपस्थित रहेका छन् । पछिल्लो प्राप्त जानकारीअनुसार अनन्तको स्वास्थ्मा सुधार हुँदै गएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप