यु–१९ विश्वकप क्रिकेटमा नेपालको विजयी सुरुवात, न्युजिल्याण्ड ३२ रनले पराजित
बिहीबार, १४ माघ २०७२, १५ : ३०
काठमाडौँ– यु–१९ आइसिसी विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । न्युजिल्याण्डलाई ३२ रनले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो ।
नेपालले दिएको २३९ रनको चुनौति पछ्याउने क्रममा ४७ दशमलब १ ओभरमा अलआउट हुँदै न्युजिल्याण्ड २०६ रनमै समेटियो । न्युजिल्याण्डको ब्याटिङ ध्वस्त पार्ने क्रममाा दिपेन्द्र सिंह ऐरीले तीन तथा प्रेम तामाङले २ विकेट लिए । यस्तै न्युजिल्याण्डका गेलान फिलिप्सले ५२ तथा जोश फिन्नेले ३७ तथा डिएन फिलिप्सले ४१२ रनको महत्वपूर्ण योगदान दिए पनि हार टार्न सकेनन् । यसअघि बंगलादेशको फतुल्लाहस्थित खान सहेव अस्मान अली क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्ता पाएको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २३८ रन बनाएके थियो । नेपालको ब्याटिङ सम्हाल्ने क्रममा कुशल भुर्तेलले विष्फोटक ब्याटिङ गरे । २३ बलको सामना गरेका उनी ५ चौका सहित ३५ रन बनाउँदा नट आउट रहे । यस्तै ब्याट्सम्यान राजु रिजालले सर्वाधिक ४८ रनको योगदान दिँदा सन्दीप सुनार र अरिफ शेख समान ३९–३९ रनमा आउट भए । यस्तै राजबीर सिंहले २४,दिपेन्द्र सिंह ऐरीले १६ र सुनिल धमलाले १५ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुनै सकेनन् । न्युजिल्याण्डका लागि नथान स्मिथ एक्लैले ३ विकेट लिए । यसअघि, सन् २००६ मा भएको खेलमा पनि नेपालले न्युजिल्यान्डलाई पराजित गर्दै प्लेट च्यापियन उपाधि जितेको थियो । मलेसियामा गत अक्टोबरमा भएको आइसिसी उन्नाइस वर्षमुनिको विश्वकप छनोट प्रतियोगिताको राउन्ड रोबिन र फाइनल खेलमा नेपालले आयरल्यान्डलाई पराजित गर्दै छनोट भएको थियो । नेपालसहित विभिन्न १६ राष्ट्रले भाग लिएको उक्त प्रतियोगितामा सहभागी टोलीलाई विभिन्न चार समूहमा विभाजन गरिएको छ । नेपाल भने समूह ‘डी’ मा परेको छ । समूह ‘डी’मा भारत, आयरल्याण्ड र न्युजिल्यान्ड छन् । त्यस्तै समूह ‘ए’ मा बङ्गलादेश, नामिबिया, स्कटल्यान्ड र दक्षिण अफ्रिका छन् भने समूह ‘बी’मा अफगानिस्तान, क्यानडा, पाकिस्तान र श्रीलङ्का छन् । समूह ‘सी’ मा इङ्ग्ल्यान्ड, फिजी, वेष्ट इन्डिज र जिम्बावे छन् । प्रत्येक दुई–दुई वर्षमा हुने विश्वकपमा नेपालको यो साताँै सहभागिता हो । नेपालले यसअघि सन् २०००, २००२, २००४, २००६, २००८ र २०१२ को विश्वकपमा सहभागिता जनाइसकेको छ । त्यस्तै, सन् २०१० र २०१४ को विश्वकपमा भने नेपाली युवा टोली छनोट हुन सकेका थिएन । नेपालसँग पाकिस्तान, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, जिम्बावे र बङ्गलादेशलाई पराजित गरेको इतिहास छ ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण