शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

प्रचण्ड अब एप्समा

बिहीबार, १४ माघ २०७२, ११ : १२
बिहीबार, १४ माघ २०७२

काठमाडौं– एमाओवादी अध्यक्ष प्रचण्ड एकपछि अर्को गर्दै प्रविधिमैत्री बन्दै गएका छन् । केहि समयअघि वेबसाइट र ट्वीटरमार्फत सक्रिय प्रचण्डले फेरि नयाँ ‘प्रचण्ड’ नामक एप्स सार्वजनिक गरेका छन् । प्रचण्डको सचिवालयले एक विज्ञप्त जारी गर्दै आजदेखि सो एप्स सार्वजनिक गरिएको जनाएको छ । नीजि सचिव जोखबहादुर महराले प्रचण्डका दैनिक गतिविधिहरु आजदेखि मोवाइल एप्स् मार्फत सार्वजनिक संञ्चालनमा आएको जानकारी दिए । महराले भने, ‘ एन्ड्रोइड्स्मा प्रचण्ड (Prachanda) नाममा एप्सको शुभारम्भ गरेकाछौं । साथै यो एप्स्लाई एप्पल आइ ओ एस्मा पनि केही दिनभित्रै सार्वजनिक गर्ने गर्नेछौं ।’ पछिल्लो समय प्रचण्डको सचिवालयमा टिम नयाँ आएसँगै गति लिन थालेको छ ।

यसैबीच सो एप्स निर्माता विधि प्रालिका प्रमुख सुवास सापकोटाले प्रचण्डको एप्स आफूले निर्माण गर्न पाउँदा खुसी लागेको रातोपाटीलाई बताए । उनले भने, ‘प्रविधिलाई यसैगरि नेताहरुले सदुपयोग गर्नुपर्दछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप