यसकारण संविधान संशोधनको विरुद्व लागेका रहेछन् चित्रबहादुर (पूर्णपाठसहित)
काठमाडौं– सरकारमा सहभागि राष्ट्रिय जनमोर्चाले संविधान संशोधन विधेयकको विरुद्व गरेको मतदानबारे अनकेन टिकाटिप्पणी भइरहेको बेला सो पार्टीले विधेयकले विखण्डन ल्याउने देखेर विपक्षमा मतदान गर्ने निर्णय गरेको स्पष्ट पारेको छ । सो पार्टीकी प्रवक्ता दुर्गा पौडेलले एक विज्ञप्ती निकालेर यस्तो स्पष्टोक्ति दिएकी हुन् । पढ्नुहोस् विज्ञप्तीको पूर्णपाठः
राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा उप–प्रधानमन्त्री का.चित्रबहादुर के.सी.ले संविधान संशोधन विधेयकका विरुद्ध गरेको मतदानलाई संसदीय अभ्यासका विरुद्धभएको भनेर कैयौ“ पक्षहरुबाट भइरहेको टिका–टिप्पणीप्रति हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ । बताई रहनुपर्ने आवश्यकता छैन कि संसदीय अभ्याससंग जोडेर उक्त विषयमा राजनैतिक र संवैधानिक क्षेत्रमा लामो समयसम्म विवाद चलिरहने छ । तर समय वित्नुका साथै विवादको त्यो पक्ष गौण बन्दै वा हराउ“दै जाने छ र त्यो संशोधन विधेयकले देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा पु¥याएको आघातको पक्ष प्रमुख विचारणीय विषय बन्दै जाने छ।त्यो सन्दर्भमा का.चित्र बहादुर के.सी. वा राष्ट्रिय जनमोर्चाका सांसदहरुले संसदमा लिएको अडानलाई इतिहासले सही सावित गर्नेछ । र, अहिले अत्यधिक बहुमतद्धारा संविधान संशोधन विधेयकलाई समर्थन गरेर पारित गरेको कार्यलाई गलत सावित गर्नेछ । त्यस सदर्भमा सबै भन्दा महत्वपूर्ण र केन्द्रिय प्रश्न यो हो कि संसदीय अभ्यास र राष्ट्रियता मध्ये कुन प्रधान हो ?का.के.सी. र राष्ट्रिय जनमोर्चाले राष्ट्रियताको पक्षमा अडान लिएर सही जिम्मेवारी पूरा गरेका छन् । यो संसारका प्रजातान्त्रिक देशहरुमाआमरुपमा अपनाइएको प्रचलन हो कि निर्वाचन क्षेत्रहरुको निर्धारण गर्दा भूगोल र जनसंख्या दुबै पक्षहरुलाई आधार बनाइन्छ । स्वयं भारतमा पनि त्यही पद्धति अपनाइएको छ र हाम्रो संविधान सभामा पनि त्यही प्रकारको व्यवस्था गरिएको थियो । जनताद्वारा निर्वाचित संविधान सभाद्वारा पारितत्यो प्रणालीलाई कायम राख्नु जनताद्वारा निर्वाचित सबै प्रतिनिधिहरुको कर्तव्य हुन्थ्यो । तर जनसंख्यालाई मुख्य आधार बनाएर निर्वाचन क्षेत्रहरुको निर्धारण गर्ने प्रणालीले नेपालको राष्ट्रिय हितको होइन, भारतीय विस्तारवादको स्वार्थको प्रतिनिधित्व गर्ने कुरा दिनको उज्यालो झै छर्लङ्ग छ । त्यो अवस्थामा विदेशी दवावमा परेर संविधान सभाद्वारा पारित व्यवस्थालाई उल्टाउने काम गर्नु अत्यन्त गम्भीर र राष्ट्रियताका विरुद्धको प्रश्न हो ।त्यो प्रश्न एउटा स्वतन्त्र देशका रुपमा नेपालको अस्तित्व रहने छ वा रहने छैन ?भन्नेसित जोडिएको छ । त्यसरी त्यो प्रश्न नेपालको भविष्यसित जोडिएकोछ । त्यो सन्दर्भमा त्यति महत्वपूर्ण प्रश्नलाई उपेक्षा गरेर संसदीय अभ्यासलाई पालन गरियो वा गरिएन भन्ने प्रश्नमा ध्यान केन्द्रित गर्नु ‘फिनी हराएको थाहा छैन, गहु“को गेडा गन्नु’ जस्तै हो । राष्ट्रिय आवश्यकता अनुसार संविधानमा कतिपय संशोधनहरु गर्नु पर्ने आवश्यकतालाई अस्वीकार गर्न सकिदैन । त्यो लगातार चलिरहने प्रक्रिया हो । संविधानमा त्यसकालागि व्यवस्था पनि गरिएको छ । तर प्रश्न यो हो – त्यस प्रकारको संशोधन राष्ट्रिय आवश्यकता वा विदेशी निर्देशनमा गर्ने? अहिले विदेशी निर्देशन वा दवावमा संविधानमा संशोधन गरेर देशको सार्वभौमिकतामा गभ्भीर आ“च पु¥याउने काम गरिएको छ । जनताद्वारा निर्वाचित संविधानसभाको अत्यधिक बहुमतद्वारा पारित व्यवस्थाको अवमुल्यन गर्ने काम गरिएको छ । अहिले संसदद्वारा संविधान संशोधन विधेयकलाई पारित गर्ने जुननिर्णय गरिएको छ, भारतले त्यसलाई सकरात्मक बताउ“दै भविष्यमा त्यही प्रकारले अरु सकरात्मक कदमहरु उठाउने छन् भन्ने आशा प्रकट गरेको छ । त्यसको सिधा अर्थ यो हो कि उनीहरुले आफ्ना विस्तारवादी उद्देश्य पुरा गराउन संविधानमा अरु संसोधनहरु पारित गराउन दवाव दिइरहने छन् । मधेशवादीहरुले त्यो संशोधन विधेयक पारित भए पछि पनि अरु संशोधनहरु पारित गराउन आफ्नो आन्दोलनलाई अझ सशक्त बनाउने घोषणा गरेका छन् । त्यसरी ‘बुढि मरी भन्दा पनि, काल पल्क्यो’ भन्ने खतरा उत्पन्न भएको छ । अहिले संविधान संशोधन विधेयकलाई पारित गर्ने राजनैतिक दलहरुको त्यस प्रति गम्भीर ध्यान जानु पर्ने आवश्यकताछ । त्यसका लागिहाम्रो पार्टीले सबै राजनैतिक संगठन, सांसदहरु र सरकारसित पनि अपिल गर्दछ । अहिले संविधान संशोधन विधेयकलाई समर्थन गरेका राजनीतिक दल वा सांसदहरु मध्ये धेरैको अहिले पारित गरिएको संशोधन विधेयकप्रति समर्थन छैन भन्ने कुरा उनीहरुले त्यसभन्दा पहिले दिने गरेका अभिव्यक्तिहरुबाट प्रष्ट हुन्छ । तर सरकारमा भएकै कारणले वा सत्तामा रहि रहनका लागि उनीहरुले स्वयं आफ्नो धारणाका विरुद्ध पनि त्यो विधेयकलाई समर्थन गरेका छन् । तर हाम्रो पार्टीले सरकारमा रहेर पनिसरकारले पेश गरेको संशोधन विधेयकको विरोध गर्दै राष्ट्रिय हित र राष्ट्रियताको पक्षमा दृढ अडान लिएको छ । हाम्रो यो विश्वास छ कि परम्परागत संसदीय अभ्यासभन्दा राष्ट्रियताको रक्षाको प्रश्न बढी महत्वपूर्ण हो।त्यसरी हाम्रो पार्टीले संसदीय प्रणालीमा नया“ इतिहास र परम्पराको निमार्ण गरेको छ । यसरी हाम्रो पार्टीले परम्परागत संसदीय अभ्यासको नाममा राष्ट्रियता माथि कुठाराघात गर्ने जस्तो कुनै कार्यबाट आफुलाई अलग गरेको छ ।त्यस सन्दर्भमा सरकारमा रहने वा नरहने ? त्यो हाम्रो लागि गौण महत्वको प्रश्न हो । हाम्रो पार्टीका अध्यक्ष का.चित्रबहादुर के.सी.ले बारम्बार यो कुरा स्पष्ट गर्नु भएको छ कि सरकारलाई संघीयतासित साट्न मिल्दैन वा सरकारमा सामेल भएको कारणले संघीयता सम्बन्धि हाम्रो अडान छाड्न वा त्यसबारे सौदावाजी गर्न सकिन्न । त्यसै गरेर सरकारमा भएको कारणले वा संसदीय अभ्यासको नाममा पनि राष्ट्रियतामाथि कुठाराघात पुग्ने कुनै कार्य गर्ने कुरालाई हामीले दृढतापूर्वक अश्वीकार गर्दछौ“ । हामीले राष्ट्रियताको पक्षमा लिएको त्यो अडान सही रहेको छ वा गलत ?त्यो कुरालाई अहिलेको संसदीय अभ्यासको कसीले होइन,अन्तमा देश र जनता तथा इतिहासको कसीमानै फैसला हुनेछ । हाम्रो पार्टीसंविधान र सत्ता पक्षका विभिन्न राजनीतिक शक्तिहरुसित गम्भीर प्रकारका मतभेद भए पनि संविधानका सकारात्मक पक्षहरु गणतन्त्र, धर्म निरपेक्षता र राष्ट्रियताका पक्षमा बल पु¥याउनका लागि एउटा संघर्षका रुपमा नै सरकारमा सामेल भएको छ ।अहिले संविधान संशोधन विधेयकका विरुद्ध हाम्रो पार्टीले गरेको मतदान पनि त्यस प्रकारको संघर्षको नै एउटा रुप हो । हाम्रो त्यो संघर्ष जारी रहने छ । अहिले संसदमा पारित भएको संविधान संशोधन विधेयकबाट संविधानको मर्म माथी नै संघातिक प्रहार हुनुका साथै देशको राष्ट्रियता सार्वभौमिकता र अखण्डतामा समेत गम्भीर आ“च पुगेकोछ । अहिले पारित भएको विधेयकबाट आगामी दिनमा सरकारले राष्ट्र हित र राष्ट्रियता बारे अरु आत्मसमर्पण गर्दै जाने खतरा अरु बढेर गएको छ ।त्यो अवस्थामा हाम्रो पार्टीले सम्पूर्ण देश जनता र सबै देश भक्त शक्तिहरुसित देशको राष्ट्रियताको पक्षमा एकताबद्ध भएर उभिनका लागि अपील गर्दछ ।
२०७२ माघ १४ गते
................ दुर्गा पौडेल उपाध्यक्ष, प्रवक्ता तथा सांसद
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण