शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

माछापुछ्रे बैंकको आवेदन नपरेका हकप्रद शेयरको बाँडफाँड सम्पन्न

बिहीबार, १४ माघ २०७२, १३ : १४
बिहीबार, १४ माघ २०७२

काठमाडौं–माछापुच्छे« बैक लिमिटेडले नविल इन्भेष्टमेन्ट बैंकिङ्ग लि. मार्फत ५ः१ को अनुपातमा अर्थात २० प्रतिशतले जारि गरेको हकप्रद शेयरमध्ये आवेदन नपरेका संस्थापक समुहको ४२,६११.६५ र सर्वसाधारण समुहको २,३३,९८३.७९ कित्ता शेयर लिलाम बिक्री गर्न बोलपत्रआव्हान गरीएकोमा उक्त शेयरहरु खरिदको लागि कूल रु. ७२ करोड भन्दा बढी रकमको ८६८ वटा आवेदन प्राप्त भई सर्वसाधारण समुहको शेयरको लागि न्यूनतम रु. ५२५ देखि अधिकतम रु. ६०१ सम्म र संस्थापक समुहको हशेयरको लागि न्यूनतम रु. ३१२.२० देखि अधिकतम ३५०.८७ सम्मको दरमा आवेदन दिने कूल ४२ जना आवेदकहरुलाई मिति २०७२÷१०÷१२ गते बैंकले शेयर बाँडफाँड गरेको बताएको छ । साथै आवेदकहरुले बाँडफाँडमा नपरेको शेयर बापतको रकम फिर्ता भुक्तानी पूर्जा मिति २०७२÷१०÷१३ गते बुधबारदेखि आफुले आवेदन बूझाएको संकलन केन्द्रबाट संकलन गर्न सकिने बताएको छ । बैंकप्रति लगानीकर्ताहरुले देखाएको विश्वासको सम्मान गर्दै लगानीकर्ताको उत्साहजनक सहभागीताको लागी बैकले हार्दिक कृतज्ञता ब्यक्त गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप