शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

बन्द हडतालको मौका छोपी काठ तस्करी मौलाउँदै

बिहीबार, १४ माघ २०७२, १३ : १९
बिहीबार, १४ माघ २०७२
लहान– संयुक्त मधेसी मोर्चाद्वारा घोषित आमहडतालको मौका छोपी केही समययता सिरहामा काठ तस्करी मौलाउँदै गएको छ । आमहडतालका कारण जिल्ला वन कार्यालय बन्द हुनु, इलाका वन र रेन्ज पोस्टका कर्मचारी कार्यालयमा नबस्नु र प्रहरी राजमार्ग केन्द्रित हुनुजस्ता कारणले सिरहामा काठ तस्करी मौलाउँदै गएको हो । उदयपुर र सिरहा जिल्लास्थित चुरे जङ्गलबाट कटान गरिएको साखुको काठ सिरहाको विभिन्न स्थानमा तस्करी हुँदै आएको छ । सहायक वन अधिकृत अमरेन्द्र यादवले बन्द र हडतालको मौका छोपेर चुरे जङ्गलबाट काठ तस्करी बढेको स्वीकार्दै आमहडतालका कारण जङ्गल क्षेत्रमा गस्ती गर्न नसक्दा काठ तस्कर सक्रिय भएको बताए । चुरे जङ्गलबाट कटान गरिएका सालको गोलिया काठ सिरहाको मुक्सार क्षेत्र हुँदै ट्याक्टरको ट्रलीमा बालुवाले छोपेर गालेबजार, मिर्चैयाँ, चोहर्वा लगायतका स्थानका स–मिल तथा फर्निचरमा पु¥याउने गरिएको स्थानीयवासीले बताएका छन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप