कालोबजारी नियन्त्रणको माग गर्दै अखिल क्रान्तिकारीद्वारा प्रदर्शन
काठमाडौं– भारतले गरेको अघोषित नाकाबन्दीपछि देशमा कालोबजारीले प्रशय पाएको भन्दै त्यसको नियन्त्रण मागसहित एमाओवादी निकट अखिल क्रान्तिकारीले राजधानीसहित देशभर विरोध प्रदशन गरेको छ ।
अखिल क्रान्तिकारीले कालोबजारी नियन्त्रणको माग गर्दै उपत्यकासहित ७५ जिल्ला प्रशासनअगाडि धर्नासहित प्रमुख जिल्लाअधिकारीलाई ज्ञापनपत्र समेत बुझाएको छ । संगठनका प्रवक्ता सुरेन्द्र बस्नेतले बढ्दो कालोबजारी अन्त्य गरिनुपर्ने,आपूर्ति व्यवस्था सहज पारिनुपर्ने, अन्तराष्ट्रिय बजारअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिनुपर्ने, यातायात भाडा घटाइनु पर्ने, विद्यार्थीलाई दिइएको ४५ प्रतिशत छुटको कार्यान्वयन गरिनुपर्नेलगायतको माग गर्दै उपत्यकासहित देशभरको जिल्ला प्रशासन कार्यालय अगाडि १ घन्टा धर्नासहित ज्ञापनपत्र बुझाइएको रातोपाटीलाई बताए ।
उनका अनुसार काठमाडौंमा क्रान्तिकारीका केन्द्रीय टोलीले प्रदर्शनसहित बबरमहलस्थित सिडियो कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाएको थियो । माइतिघरमा भेला भएका विद्यार्थी संगठनका प्रतिनिधिहरुले जुलुससहित सिडियो कार्यालय अगाडि पुगेर एक घण्टा धर्ना दिएपछि सिडियोलाई ज्ञापनपत्र बुझाएका थिए । बढ्दो कालोबजारी अन्त्य गरिनुपर्ने,आपूर्ति व्यवस्था सहज पारिनुपर्ने, अन्तराष्ट्रिय बजारअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिनुपर्ने, यातायात भाडा घटाइनु पर्नेलगायतको माग समेटिएको उक्त ज्ञापनपत्र संगठनका अध्यक्ष रमेश मल्ल नेतृत्वको टोलीले बुझाएको हो । क्रान्तिकारीले आफूहरुको माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।
यसैबीच क्रान्तिकारीले कालोबजारी अन्तय गर्नुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीलाई ध्यानाकर्षण पत्र बुझाएको कैलालीबाट पत्रकार टंक कुँवरले बताएका छ । पेट्रोलियम पदार्थ, खाद्यान्न, ग्याँस लगायतका अत्यावश्यक बस्तुमा भईरहेको कालोबजारीलाई नियन्त्रण गर्नुपर्ने भन्दै आज प्रमुख जिल्ला अधिकारी मोहन बहादुर चापागाईलाई सो संगठनले ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षण पत्र बुभ्mदै प्रमुख जिल्ला अधिकारी चापागाईले कालोबजारी अन्तयका लागि आप्mनो पहल जारी रहने बताए । उनले आजै बैठक बोलाई यसको अन्तयका लागि पहल गर्ने र छिट्टै अनुगमन गरि अन्तय गरिने विद्यार्थी संगठनलाई आश्वासन दिए । भारतले गरेको नाकाबन्दीले नेपाली जनतामा नराम्रो संग जनजिवन कष्टकर बन्दै गएको बेला व्यापारीहरुले अत्यावश्यक बस्तुको अभाव देखाउँदै मुल्य बृद्धि र कालोबजारी गरिदै आएकाले जनतामा झन असर परिरहेको छ । विद्यार्थी संगठनले यसको अन्तय हुनुपर्ने भन्दै जिल्ला प्रशासनलाई ध्यानाकर्षण पत्र दिएका हौँ अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य रमेश प्रसाद भट्टराईले जानकारी दिए । उनले पेट्रोलियम पदार्थको मुल्य अनुसारको सार्वजनिक यातायातको भाडा दर घटाएर विद्यार्थीलार्ई दिँदै आएको ४५ प्रतिशत छुटको व्यवस्था तत्काल कार्यान्वयन ल्याउन पनि माग गरे । अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष ईश्वर सोडारीले हष्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा जनताको जनजिवन सहज गराउन अत्यावश्यक वस्तुमा गरिएको कडाईलाई सहज रुपमा ल्याउन पहल गर्न र लोडसेडिङ्गको अन्तय गरि विद्यार्थीलाई पढ्ने वातावरण बनाउन आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण