डाक्टरको अपहरण गर्ने पासवान आफ्नो कार्यकर्ता नहरेको गोइतको दाबी
सिरहा– अखिल तराई मुक्ति मोर्चाका संयोजक जयकृष्ण गोइतले प्रहरीले कार्यकर्ता विजय पासवानले लहानका डाक्टर पशुपति चौधरीलाई अपहरणको प्रयास गरेको आरोपमा पक्राउ गरेसँगै उनी आफ्नो कार्यकर्ता नभएको दाबी गरेको छ ।
संयोजक गोइतले फेसबुकवालमा स्टाटस लेखेर लहान नपा ८ घर भएका विजय पासवान आफ्नो कार्यकर्ता नभएको प्रष्ट पारेका छन् । सिरहा प्रहरीले पासवानलाई माघ १० गते बिहान पक्राउ गरेको थियो । लहान नपा ३ स्थित सप्तऋषि अस्पतालका संचालक रहेका चौधरीसँग गोइत समूहको नाममा चन्दा मागेको र नदिएपछि अपहरणको प्रयास गरेको अभियोग लगाइएको छ । तर गोइतले मोर्चालाई बदनाम गराउन सिरहा प्रहरीले प्रायोजित षड्यन्त्र गरेको आरोप लगाएका छन् । गोइतले सिरहा प्रहरीलाई कडा चेतावनी दिदै उनले फेसबुकवालमा लेखेका छन् ‘ प्रहरीको मधेसीमाथि यसरी अत्याचार जारी नै रहे उच्च स्तरको कारबाही सिरहा प्रहरीमाथि हुनेछ । यसबाट उत्पन्न हुने दुुष्परिणामको जिम्मेवारी पनि सिरहा प्रहरी नै हुनेछन् ।’
गत माघ १० गते बिहान जिल्ला लहान नगरपालिका वडा नं.३ स्थित पूर्व बस स्टेन्ड छेउबाट पक्राउ परेका विजयलाई प्रहरीले अपहरण तथा शरीर बन्धक उद्दोग मुद्दा अन्तर्गत सिरहा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण