कहाँ जान्छ नेपाल भित्रिने इन्धन ?
भैरहवा–भैरहवामा भाडा गरि बस्ने रोशन भट्टराईले ग्याँसको अभावमा अहिले होटलमा खाना थालेको हप्ता दिन भन्दा बढी भयो । खाना पकाउँदा पकाउँदै ग्यास सकिएपछि ग्यासको सिलिन्डर सम्बन्धित डिलरमा बुझाएको पनि त्यति दिन नै भयो ।
तर, जति पटक बुझ्न गएपनि ग्यास नभएको जवाफ पाएका उनी रित्तै हाथतघर पर्किन बाध्य भएको गुनासो सुनाउँछन् ।
रोशनको मात्रै हैन भैरहवा तथा यस आसपासका बासिन्दाहरु ग्यासको खाली सिलिन्डर बोकी पसल पसल धाई रहेको दृश्य सामान्य भएको छ । भैरहवामै रहेको भैरहवा भन्सारबाट दैनिक १०–२० वटा ग्यास बोक्ने बुलेट भित्रिएको देखेर होला अधिकांश स्थानियमा रोष ब्याप्त छ र अधिकांशको प्रश्न रहेको छ । भैरहवाबाट भित्रिएको यत्रो “ईन्धन काँहा जान्छ ?” “दिनभरि ग्यास खोज्ने, पेट्रोलको लागी लाइन लाग्ने कि आप्mनो काम धन्दा हेर्ने ?” अधिकांश सर्वसाधारण को प्रश्न हुने गरेको छ ।
भैरहवा भन्सार हुँदै ग्यास मात्र हैन त्यतिकै परिमाणमा डिजल तथा पेट्रोल समेत भित्रिएका छन् तै पनि नेपालमा सधै ईन्धनको हाहाकार हुने गरेको छ । आखिर काँहा जान्छ ईन्धन ? भैरहवा भन्सार कार्यालयले दिएको तथ्याङ्क अनुसार पुस महिना भरिमा भैरहवा भन्सार हुदै १ हजार ४ सय ३६ किलो लिटर पेट्रोल भित्रिएको छ । यो भनेको १४ लाख ३६ हजार लिटर पेट्रोल हो । अझ पुसको पहिलो हप्ता सम्म त नाकाबन्दी तथा सीमामा मधेशी मोर्चाकै प्रभाव रहेको थियो । पहिलो हप्ता पछि नाकाबन्दी सामान्य बन्दै गएको र मधेशी मोर्चा पनि नाका धाउन छोडेपछि भारतबाट आउने ईन्धनमा सहजता आएको भैरहवा भन्सार कार्यालयका भन्सार अधिकृत रविन्द्र प्याकुरेलको भनाई छ । पुस महिनामा सबै भन्दा बढी पेट्रोल २८ र २९ गते भित्रिएको देखिन्छ । यी दुई दिनमा मात्र दैनिक २ लाख ४८ हजार लिटरका दरले पेट्रोल भित्रिएको भैरहवा भन्सार कार्यालयका भन्सार अधिकृत प्याकुरेलले बताए । यसै गरि पुस महिनामै भैरहवा भन्सार हुदै ७ हजार ५ सय ६८ किलो लिटर अर्थात ७५ लाख ६८ हजार लिटर डिजल नेपाल भित्रिएको छ । पुसको शुरुमा थोरै परिणाममा भित्रिएको डिजल पनि बिस्तारै बढ्दै गएर पुसको ३० गते मात्र ६ लाख ३२ हजार लिटर आयात भएको छ । डिजल र पेट्रोल बाहेक १ लाख ६८ हजार लिटर मट्टितेल पनि भैरहवा भन्सार हुदै भित्रिएको छ । यसै गरि पुस महिनामा मात्र ३ सय २२ बुलेटबाट ५ हजार ६ सय ८२ दशमलव ४५ मेट्रिक टन एलपी ग्यास भैरहवा भन्सार हुदै भित्रिएको छ । पुस महिना भरिमा पेट्रोल २ पटकमा गरि १ लाख ४४ हजार लिटर जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरि बाँडेको छ भने डिजलको हकमा सम्बन्धित संस्थको माग बमाजिम प्रमुख जिल्ला अधिकारी वा निजले तोकेका अधिकारीको तोक आदेशको भरमा बितरण गर्ने गरिएको छ । पछिल्लो समयमा आएर यातायात ब्यावसायी, उद्योगी, ब्यावसायीलाई उनिहरु आवद्ध संस्था मार्फत नै डिजल बितरण गरि आएको छ । यसै गरि रुपन्देहीमा रहेका ५ वटा ग्यास उद्योग र भैरहवा क्षेत्रका करिब ४० वटा बितरकबाट खाना पकाउने ग्यास बितरण हुने गरे पनि ग्यास सर्वसाधारणको भान्छामा नपुगी कालोबजारी हुदै आएको छ । सर्वसाधारणको चुल्हो ग्यासको अभावमा नजल्दा होटलहरुमा भने महङ्गो मूल्यमै भए पनि ग्यास पुग्ने गरेको छ । श्रोतका अनुसार ग्यास उत्पादकबाट नै रातारात ग्यास सीमावर्ती क्षेत्र बेलहिया पुरयाउने र त्यहाबाट महङ्गो मूल्यमा बितरण गर्ने गरिएको छ । अनुगमक निकायले सक्रियता नदेखाउदा पेट्रोल, डिजल र ग्यासमा चरम कालोबजारी बढेको छ । कतिपय स्थानिय उपभोक्ताले त ग्यास उत्पादक, डिलरका घरमा तथा गोदाममा ग्यास सिलिण्डरको भण्डारण हुने गरेको दावी छ । नेपाल आयाल निगमको क्षेत्रिय कार्यालय भलवारीले डिपो अन्र्तगत दैनिक ६ देखी ७ लाख लिटर डिजल र डेढ लाख लिटर जति पेट्रोल खपत हुने जानकारी दिएको छ । नेपाल आयल निगम भलवारीका क्षेत्रिय प्रमुख अशोक अशोक शाहले अहिले पनि निकै कम अनुपातमा पेट्रोल र डिजल भित्रिएको बताउछन् । भलवारी डिपो अन्र्तगत लुम्बिनी अञ्चलका ६ जिल्ला र बाग्लुंग रहेको छ । भैरहवा भन्सार हुदै भित्रिएको डिजल तथा पेट्रोल पहिला ४० प्रतिशत डिपोमा राखी ६० प्रतिशत काठमाण्डौं पठाउदै आएको र पुष १७ गते यता ५० प्रतिशत काठमाण्डौं पठाउनु परेको शाहले जानकारी दिए ।
आयल निगमका प्रवन्धक शाहले रुपन्देहीमा ग्यासको अभाव नभएको दावी गरे । उनले पुस महिनामा आएको ३ सय २२ बुलेट मध्ये ७६ वटा बुलेट र माघ महिनाको ११ गते सम्म आएको २ सय २ बुलेट मध्ये २२ बुलेट स्थानिय स्तरमा बितरण गरिएको रातोपाटीलाई बताए । यसै गरि माघ महिनाको ११ गते सम्म २० लाख ७६ हजार लिटर डिजेल र ८ लाख २८ हजार पेट्रोल तथा नेपाल आयात भएको भन्सार कार्यालयले जानकारी दिएको छ ।
डिपो प्रमुखले ग्यासको अभाव नभएको बताईरहदा उपभोक्ताको भान्छामा ग्यासको अझै पनि पहुच पुगन सकेको छैन । बिरगञ्ज नाकाबाट रिरुट भएर पनि यहि नाकाबाट ग्यास आएको हुदा उपभोक्तालाई बढी ग्यास आएको भान हुने गरेको शाहले बताए ।
रक्सौल नाका सहज नभए सम्म ईन्धनको आपूर्ति पनि सहज हुन नसक्ने शाहको भनाई छ । अहिले बिस्तारै पेट्रोलको आपूर्ति बढ्दै गएको कारण सातामा २ पटक सम्म बितरण गर्ने प्रशासन संग छलफल भैरहेको शाहले जानकारी दिए । पछिल्लो समयमा १२ गते मंगलबार ३२ वटा पम्प मार्फत ९६ हजार लिटर पेट्रोल बितरण गरिएको छ । यता बजारमा कालोबजारी बढदै गएको गुनासो आएपछि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकालले अनुगमन बढाउने बताए । उनले ग्यासको अभाव तथा भैरहेको कालोबजारीबारे आफुलाई पनि गुनासो आउने गरेको कारण अनुगमन संयन्त्रलाई बढी परिचालन गरिने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण