शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

एमाओवादीको स्थायी समिति र मन्त्रीहरुबीचको बैठकः यस्तो छ तीन बुँदे निर्णय

बिहीबार, १४ माघ २०७२, १४ : १८
बिहीबार, १४ माघ २०७२
काठमाडौं– तीन दिनयता जारी एमाओवादी स्थायी समिति सदस्य र सरकारमा सहभागी मन्त्रीहरुबीचको बैठक आज सकिएको छ । बैठकबाट तीन बुँदे निर्णय पारित भएको स्थायी समिति सदस्य लोकेन्द्र विष्टले जानकारी दिए । उनका अनुसार सरकार सन्चालन संयन्त्रका संयोजक नारायणकाजीले दिएको राजीनामा स्थायी समितिको अनुरोधमा फिर्ता भएको छ । उनको राजीनामा फिर्तासँगै संयन्त्र अरु सक्रिय बनाउने निर्णय भएको छ । यस्तै बैठकमा पार्टीबाट सरकारमा सहभागि ८ जना मन्त्रीले बैठकमा रिपोर्ट प्रस्तुत गरेका थिए । सो क्रममा उनीहरुले आफ्ना कमी र सीमाहरु सच्याउँदै आगामी दिनमा सशक्त रुपमा नतीजामुखी काम गर्ने प्रतिवध्दता जनाएको विष्टको भनाई छ । यसअघि बैठकले सरकारका समग्र कामको र मन्त्रीहरुले सम्हालेका कामहरुको ठोस समिक्षा गरेको थियो  भने सरकारका कामहरुलाई अझै प्रभावकारी र जनमुखी बनाउने प्रयत्न गर्न मन्त्रीहरुलाई निर्देश पनि गरेको थियो  । बैठकबाट समग्र नेपाल सरकार सन्चालन संयन्त्रका संयोजक प्रचण्ड र प्रधानमन्त्रीको उपस्थितिमा ८ जना मन्त्रीको बैठक बस्ने समेत निर्णय गरिएको छ । यो पनि पढ्नुहोस 

राजीनामा फिर्ता लिए नारायणकाजीले

     

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप