शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

एमाले नेतृत्वसँग महिला नेत्रीको यस्तो दुःखेसो

बिहीबार, १४ माघ २०७२, १४ : ४४
बिहीबार, १४ माघ २०७२

रौतहट – एमाले पार्टीको लागि महत्वपूर्ण योगदान दिने एक महिला नेत्रीले पार्टीले दुखमा कुनै वास्ता नगरेको दुखेसो पोखेकी छन् । महिला नेतृत्वको अभावै अभाव हुने मधेशकी नेत्री गीता पौड्याल तिमल्सिनाले आफ्नो पुरै जीवन पार्टीको लागि खर्चदा पनि बिरामी पर्दा पार्टीले कुनै वास्ता नगरेको दुखेसो पोखिन् ।

एमाले निकट अखिल नेपाल महिलासंघ रौतहटकी पुर्वअध्यक्ष उनले स्वस्थ्य हुँदा माधव नेपाल,बिद्यादेवी भण्डारी,केदारनाथ न्योपाने,देवी ज्ञावली,काशीनाथ अधिकारी जस्ता नेतासंग बसेर काम गरेको तर, बिरामी भएको तीनबर्षको अवधिमा कोई नेता भेट्नसमेत नआएको बताइन् । पछिलो चारबर्षदेखि उनी लक्षमिनिया गाबिसको हिमालीबास टोलस्थ्ति आफ्नो घरमै थला परेकी छन् ।  आफूलाई  नाकभित्र ट्युमरमा क्यान्सर भएको जानकारी दिँदै सोको उपचारको लागि  लाखौं खर्च भइसकेको  बताइन् । वि. सं. २०१८ साल असाढ ११ गते झपाको हल्दीवारीमा जन्मेकी गितादेखी स्थानिय काली मंदिर बिद्यालयमा अध्ययनगरी साक्षर भएकी हुन् । २०३५ सालमा रौतहटको लक्षमिनिया गाबिस ८ हिमालीवासका गोपाल तिमलसिना संग उनको बिहे भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप