पशुमन्त्री भन्छिन्ः मसँग युवा शक्तिलाई स्वदेश फर्काउने योजना छ
बिहीबार, १४ माघ २०७२, १४ : ५२
काठमाडौ –पशुपन्क्षी विकास मन्त्री शान्ता मानवीले विदेश पलायन युवा शक्तिलाई देशमै काम गर्ने वातावरण बनाउन आफ्नो मन्त्रालयले कार्ययोजना बनाएको बताएकी छन् ।
बिहीबार संवाद डबलीमा ब्राइट नेपालले भूकम्पपीडितलाई गरेको सहयोग हस्तान्त्रण कार्यक्रममा बोल्दै मन्त्री मानवीले देशको युवा शक्ति विदेश पलायन हुँनबाट रोक्ने योजना आफूसँग भएको बताइन् । यद्यपी उनको योजना कस्तो हो त्यो भने खुलाएकी छैनन् ।
‘नेपाल हरेक कुराहरुमा आत्मनिर्भर हुनसक्ने देश हो, एक वर्षभित्रमा अण्डा, दुई वर्षभित्र मासु र तिन वर्षभित्रमा दुधमा पनि हामी अत्मनिर्भर बन्न सक्छौं’ मन्त्री मानवीले भनिन् । मन्त्रालयले तयार गरेको ४० बुँदे प्रतिबद्धता कार्यन्वयनमा आए युवा शक्ति विदेश जान बाट रोकिने दाबी मन्त्रीले मानवीले गरिन् ।
आफ्नो पशुपंक्षी मन्त्रालय समालेको एक महिनाको समिक्षा गर्दै उनले राम्रो काम गर्ने हौसला बढेको बताइन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण