घरजग्गाको व्यापार : घरको भाउ घट्यो, जग्गाको बढ्यो
काठमाडौं–गत बैशाख १२ गते आएको विनाशकारी भुकम्पपछि घरजग्गाको व्यापार पनि प्रभावित बनेको छ । भुकम्पपछि निरन्तर आएका परकम्पका कारण घरमा लगानी गरिहाल्ने मनसायमा लगानीकर्ताहरु छैनन् । त्यसमाथि फेरिपनि भुकम्प आउलाकि भन्ने त्रास वा त्यससँग सम्बन्धित विभिन्न अफवाहरुले घरमा लगानी गर्न लगानीकर्ताहरु हिच्किचाइरहेको बताइन्छ । काठमाडौँका अधिकांस घरहरुमा सामान्य भए पनि क्षति पुगेको हुनाले अहिले नै घरमा लगानी गर्ने वातावरण छैन’, बालाजु निवासी सुवास काफ्लेले रातोपाटीसँग भने । उनी भन्छन् , ‘अहिले घर किनेर के गर्नु ? भूकम्प फेरी पनि नआउला भन्न सकिन्न । परकम्पहरु आइरहेका छन् ।’ बैशाखमा भूकम्प आउनु अघि घर किन्ने सोच बनाएकोमा त्यसलगत्तै आफूले सो सोँच बदलेको बताउँदै उनले भने ‘मलाइ धेरैले घरमा लगानी गरिहाल्नु नहुने सुझाव दिएका कारण पनि मैले केहि समय पर्खने निर्णय गरेको छु ।’ उनीमात्र होइन, भूकम्पपछि घरमा लगानी गरिहाल्ने सोचमा कम मात्र छन् । हाल नयाँबानेश्वरमा डेरागरी बस्ने सुमन सिग्देलको पनि सोचाई बदलिएको छ । जोगाएको पैसाले एक तलाको मात्र भए पनि घर किन्ने योजना थियो उनमा । तर भुकम्पपछि यो योजना कार्यान्वयनमा गएन । ‘योजनाअनुसार घर खोज्ने काम पनि गरेको थिएँ । तर अव घर किन्ने मेरो योजना केहि समयका लागि धकेलिएको छ ।’ उनी अगाडी भन्छन्, ‘अहिले घर किन्ने भन्दा पनि पैसा बैंकमा राख्दा फाइदा देखेको छु ।’ घर बेच्न खोज्ने धेरै भूकम्पपछी घर किनबेच निकै घटेको भएपनि विशेषगरी काठमाडौँमा घर बेच्नेको संख्या धेरै भेटिन थालेको छ । विशेषगरी बैंकबाट ऋण लिएर घर बनाएकाहरु घर बेच्न हतारिएका हुन् । बिगत लामो समयदेखि घर किनबेचमा मध्यस्तकर्ताको काम गरिरहेका कोटेश्वरका अनुप आचार्य भन्छन्, ’भूकम्पपछी मलाइ घर चाहियो भन्दा पनि मेरो घर बेचिदिनु पर्यो भन्नेहरु बढी देखिएका छन् ।’ उनका अनुसार बैंकमा ऋण लिएर घर बनाउनेहरु आफ्नो घर बेच्न बढी हतारिएका छन् । भोलि आफ्नो घर केहि भइहाल्यो भने ठुलो आर्थिक नोक्सानी हुने डरले घर बेच्न खोज्ने धेरै छन् । तर किन्नेहरु पाउन भने मुस्किल परेको छ । ‘मैले यतिका १४ बर्ष भयो घर किनबेचमा मध्यस्तकर्ताको काम गर्न थालेको, तर घर किन्न खोज्ने व्यक्तिको यस्तो खडेरी परेको यो पहिलो पटक हो, ’ उनले भने ।
जग्गाको भाउ भने बढ्यो भूकम्पपछि घर किनबेच निकै कम भएपनि जग्गाको भाउ भने बढेको छ । अनुप आचार्य भन्छन् , ‘ जग्गाको भाउ अनायासै बढेको छ । काठमाडौँका लगभग सबैजसो ठाउँमा केहि मात्रामा जग्गाको भाउ बढेको छ ।’ भूकम्पले घर जोखिममा हुने तर जग्गा केहि नहुने भएकाले पनि जग्गा किन्न खोज्नेहरुको संख्या बढेको हो । घर किनबेच घट्दा बैंकमा असर यता नेपाली लगानीको राम्रो हिस्सा ओगटेको रियल स्टेट ब्यापार भूकम्पपछि ठप्प प्रायः हुँदा बैंकमा तरलता बढेको छ । लगानी कम हुन थालेपछी विभिन्न बैंकले सस्तो ब्याजदरमा ऋण लिने स्किम निकालिरहेका छन् भने लगानी नहुँदा बैंकहरु मारमा परेका छन् । रातोपाटीसँग कुराकानी गर्दै काठमाडौँमा मुख्य शाखा रहेको एक बैंकका उपल्लो तहका कर्मचारी भन्छन्, ‘पैसा लगानी नहुँदा बैंकहरु मारमा परेका छन् । ऋण लिनेको संख्या यसरी घटेको छ कि, बैंकलाइ यसले निकै असर गर्ने देखिएको छ । बैंकले बिगतमा महँगो ब्याजदरमा दिएको ऋण पनि फिर्ता गर्ने र अर्को बैंकबाट सस्तो ब्याजदरमा ऋण लिने क्रम पनि बढेको छ । यसले समग्र बैंकिङ क्षेत्रलाई नै असर गरेको छ ।’ उनका अनुसार रियल स्टेटको व्यापार ठप्प प्रायः भएका कारण यसले बैंकिङ क्षेत्रलाई निकै ठुलो असर गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण