शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

चौधौं सामुहिक खेलकुद महोत्सव हुँदै

बिहीबार, १४ माघ २०७२, १६ : १८
बिहीबार, १४ माघ २०७२
भैरहवा– सामुहिक बिद्यालय परिवारको आयोजनामा यहि माघ १६ गते देखी भैरहवामा १४ औं सामुहिक खेलकुद महोत्सवको आयोजना हुदै छ । परिवारले भैरहवामा पत्रकार सम्मेलन गरि खेलकुद आयोजना हुने जानकारी दिएको छ । “राष्ट्रियतको लागी खेलकुद” भन्ने नारा सहित निजि बिद्यालयहरु बिच आपसी सम्बन्ध कायम गर्न, बिद्यार्थीहरु बिच बौद्धिक, शैक्षिक, सांस्कृतिक लगायतका प्रतिस्पर्धात्मक क्रियाकलाप सञ्चालन गर्न तथा सामाजिक उत्तर दायित्व बहन गर्ने उद्देश्यका साथ महोत्सवको आयोजना गर्न थालेको सामुहिक बिद्यालय परिवारका अध्यक्ष गोकुल पोखरेलले बताए । प्रतियोगिता अन्र्तगत सब जुनियर, जुनियर र सिनियर गरि ३ समूहमा खेल हुनेछ । सब जुनियर तर्फ छात्र र छात्रा लाई ५० मिटरको दौड, १ सय मिटरको दौड, रिले दौड, लङ्ग जम्प, थ्री लेग्ड रेस बिधामा प्रतिस्पर्धा हुने खेलकुद कार्यक्रम संयोजक भरत गिरीले जानकारी दिए । यसै गरि जुनियर बिद्यार्थीहरुको समूह अन्र्तगत छात्र र छात्रा लाई १ सय मिटरको दौड, २ सय मिटरको दौड, ४ सय मिटरको दौड, रिले दौड, लङ्ग जम्प हुनेछ । सोही समूह अन्र्तगत छात्र तर्फ सेक रेस र छात्रा तर्फ स्किपिङ्ग रेस हुने कार्यक्रम संयोजक गिरीले बताए । सिनियर बिद्यार्थी तर्फ छात्र र छात्रा लाई १ सय मिटरको दौड, २ सय मिटरको दौड, ८ सय मिटरको दौड, रिले दौड, लङ्ग जम्पका साथै सट पुटमा प्रतिस्पर्धा गराईने छ । अन्य बर्षहरुमा सप्ताह ब्यापी खेलकुद महोत्सव भए पनि यस पटक भली बल एक चरणमा र अन्य खेल दोश्रो चरणमा खेलाईएको छ । पहिलो चरण अन्र्तगतको भलीबल प्रतियोगिता भने सम्पन्न भई सकेको छ । ९ गते सम्पन्न भएको खेलमा सामुहिक विद्यालय भलिबल कप २०७२ को उपाधी छात्र तर्फ फ्युचर लाईट ईङ्गलिश बोर्डिङ्ग स्कूल र छात्रा तर्फ आदर्श बिद्या मन्दिरले जितेका परिवारका पूर्व अध्यक्ष राजकुमार गुरुङ्गले बताए । माघ १६ गते श्रम, रोजगार तथा बाणिज्य मन्त्री दिपक बोहोराले एक कार्यक्रमका बिच उदघाटन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिए । २०५९ सालमा स्थापन भएको सामुहिक बिद्यालय परिवारमा भैरहवा, धकधई, लुम्बिनी, हाटी बनगाई, ठुठिपिपल, कोटिहवा, भलवारी लगायतका स्थानमा सञ्चालित १८ वटा बिद्यालयहरु आवद्ध रहेका छन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप