ललितपुरको धोविघाटमा मिनीबस जल्यो, एकको मृत्यु
बिहीबार, १४ माघ २०७२, १६ : ३६
ललितपुर– ललितपुरको धोविघाट स्थित न्युकोलोनी नजिकै पार्किङ गरिराखेको मिनीबसमा आगलागी हुँदा एक पुरुषको मुत्यु भएको छ ।
बिहिबार करीब चार बजेतिर अजय शंकर श्रेष्ठको खाली जग्गामा बैंकले लिलाम गरेर केही महिनादेखी पार्किङ गरिराखेको मिनीबसमा अचानक आगो लाग्दा नाम थर नखुलेका एक अज्ञात पुरुषको लाश फेला परेको महानगरीय प्रहरी आयुक्तको कार्यालय रानिपोखरीले जनाएको छ ।
ललितपुर उप–महानगर क्षेत्रमा पर्ने सो जग्गामा ८ ओटा मिनीबस पार्किङ गरिराखिएको थियो ।
प्रहरीले दिएको जानकारी अनुसार बस पुर्ण रुपमा जलेको थियो । प्रहरी र स्थानियवासीको सक्रियतापछि आगो निभाईएको र थप क्षति हुन नपाएको बताईएको छ । मृतकको शव पोष्टमार्टमा लागी त्रिवी शिक्षण अस्पताल महाराजगंजमा लगिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण