यु–१९ विश्वकपः ‘जाइन्ट किलर’ नेपालसामु सम्भावनै सम्भावना
टेस्ट मान्यता प्राप्त देशलाई जित्नु एकदम ठूलो कुरा हो । हाम्रो यू–१९ साइड सधैँ ‘जाइन्ट किलर’का रुपमा अन्तर्राष्टिय जगतमा परिचित छ । तर, पछिल्लो समय विश्वकपमा नेपालले आफ्नो स्वभाविक खेल देखाउन सकेको थिएन । यसपटक सबै भ्रमहरु चिर्दै खेलाडीहरुले पहिलो म्याचमै सफलता हासिल गरेका छन्, त्यो पनि टेस्ट मान्यताप्राप्त न्यूजिल्याण्डलाई ३२ रनले हराएर । पछिल्लोपटक सन् २०१२ मा विश्वकप खेलेको नेपाली टोली सन् २०१४ को यू–१९ विश्वकपमा छनोट हुन नसक्दा राष्टिय टोलीमा ब्याकअप खेलाडीहरुको अभाव देखिने ठूलो खतरा थियो । तर, अब त्यो खतरालाई यो टोलीले टारेको छ अर्थात राष्टिय टोलीका लागि हामी तयार छौं भन्ने सन्देश युवा खेलाडीले दिएका छन् ।
इतिहास निमार्ण गर्ने अवसर
यो टोलीसामू नयाँ इतिहास सिर्जना गर्ने अवसर छ । आयरल्याण्ड र भारत विरुद्धका बाँकी खेलमा राम्रो गर्न सके नेपाली टोली दोस्रो चरणमा जान सक्नेछ । प्रतियोगितामा भारत केही बलियो भएपनि आयरल्याण्ड नेपालका लागि खास ठूलो चुनौती होइन । त्यसैले नेपालले अब आयरल्याण्ड विरुद्ध जीत हासिल गर्नु जरुरी छ । मेरा बुझाईमा नेपालले शनिबार हुने आयरल्याण्ड विरुद्ध जीत हासिल गर्यो भने दोस्रो चरणको ढोका खुल्नेछ किनकी भारतलाई न्युजिल्याण्डले हराउने संभावना म कम देख्छु । समूह डीबाट नेपाल दोस्रो चरण पुग्न सक्यो भने एकपटक फेरि इतिहास दोहोरिने छ ।
सन् २००० मै पुगेको थियो दोस्रो चरणमा
हामी सन् २००० मै विश्वकपको दोस्रो चरणमा पुगेका थियौँ । त्यतिबेला म टोलीमा उपकप्तान थिएँ । तर, त्यतिबेला दक्षिण अफ्रिका र पाकिस्तान विरुद्धका हाम्रा खेल वर्षाले प्रभावित भए र हामीले अंक पायौँ । त्यस्तै दक्षिण अफ्रिका र पाकिस्तानबीचको खेल समेत वर्षाले प्रभावित हुदाँ हामी भाग्यमानी ठहरिएका थियौ । केन्या विरुद्धको एउटै जीतले हामीलाई दोस्रो चरणको बाटो देखायो । त्यो समय केन्यालाई हराउनु पनि नेपाली टोलीका लागि ठूलै उपलब्धि थियो । त्यसपछिका संस्करणमा नेपालले पाकिस्तान, बंगलादेश, दक्षिण अफ्रिका, जिम्बाबे, न्युजिल्याण्ड लगायतका टेस्ट मान्यताप्राप्त टोलीमाथि जीत हासिल गरिसकेको छ । सन् २००० पछि दोस्रो चरण पुग्न नसकेपनि नेपालले सन् २००२ मा प्लेट च्याम्पियनसिपको फाइनल खेल्यो भने सन् २००६ मा प्लेट च्याम्पियनसिप नै जित्यो ।
खेलाडी र प्रशिक्षकको मेहिनेत काम आयो
पछिल्लो समय राष्ट्रिय टोलीले नतिजा दिन नसकेको अवस्थामा जूनियर टोलीको यो लोभलाग्दो सफलताले क्रिकेटमा नयाँ आशाको सञ्चार गराएको छ । दीपेन्द्र ऐरी, आरिफ शेख, राजू रिजाल लगायतका खेलाडीहरुले आफ्नो क्षमता देखाएका छन् । यू १९ विश्वकपमा नेपालले यसअघि नै ठूला उपलब्धि हासिल गरिसकेपनि नेपाली प्रशिक्षकको प्रशिक्षणमा टेस्ट मान्यताप्राप्त राष्टलाई हराएको यो नै पहिलो अवसर हो । यो जीतले नेपाली प्रशिक्षक पनि ठूला प्रतियोगितामा नतिजा दिलाउन सक्षम छन् भन्ने प्रमाणित गरेको छ । प्रशिक्षक जगत् टमाटाले आफ्नो लामो अनुभवलाई खेर फाल्नुभएन । लामो समय राष्टिय टोलीको कप्तानी गरेका र त्यसअघि यू १९ विश्वकपमा टेस्ट मान्यताप्राप्त राष्टलाई हराउने क्रममा महत्वपूर्ण योगदान गरेका विनोददास अहिलेको टोलीमा बलिंग प्रशिक्षकको भूमिकामा छन् । यसअघि पुबुदु दासनायकेसँगै बसेर काम गर्दाको अनुभव उनका लागि पनि काम आएको छ ।
अन्त्यमा, ठूलो अचिभमेन्ट । राष्ट्रिय टोलीमा ब्याकअप बलियो भएन भन्ने कुरा थियो । तर, अब ब्याकअप खेलाडी पनि देखिएका छन् । नेपाली टोलीमा अहिले खेलिरहेका खेलाडीहरु पनि क्षमतावान् छन् । यस्तो अवस्थामा नेपाल क्रिकेट संघले व्यवस्थित तवरले अघि बढ्न सक्नुपर्छ । सिनियर टोलीमा नतिजा ल्याउनलाई । तर अहिलेसम्म हामीसँग कुनै योजना छैन । घरेलु क्रिकेट नै कमजोर छ । हामी जसरी सपना देख्छौँ अर्थात प्रत्येक पल्ट विश्वकप खेल्ने हाम्रो जून चाहना छ । त्यो चाहना अनुरुप योजना बनाउनुपर्छ । अहिलेसम्म हामीले बनाएको योजनाले योभन्दा ठूलो सफलता दिलाउन सक्दैन् । यो सफलताको श्रेय खेलाडी र प्रशिक्षकको मेहिनेतलाई जान्छ ।
(पूर्व राष्ट्रिय खेलाडी समेत रहेका बस्न्यातसँग गरिएको कुराकानीमा आधारित, उनकै प्रशिक्षणमा नेपालले सन् २०१४ मा यू–१६ एसीसी ट्रफी जितेको थियो ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण