महागठबन्धन बनाउने विषयमा मधेसी मोर्चाभित्र विवाद, के चाहन्छन् मोर्चाका नेताहरु ?
काठमाडौ – आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा महागठबन्धन बनाउने विषयलाई लिएर विवाद उत्पन्न भएसँगै त्यसको प्रत्यक्ष असर आन्दोलनमा समेत परेको छ ।
चार दलको सो संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा महागबन्धन बनाउने विषयमा एकमत छैन । शरतसिह भण्डारी, जयप्रकाश गुप्ता, राजकिशोर यादव र अनिल झाले गठन गरेको संघीय समावेशी मधेशी गठबन्धनले महागठबन्धन बनाउने प्रस्ताव गरेपछि अहिले मोर्चामा त्यसको चर्चाले ठाउँ पाएको छ । तर मधेशी मोर्चाकै सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोबाहेक अरु नेताहरु महागठबन्धन बनाउने पक्षमा छैनन् ।
के चाहन्छन् त मोर्चाका नेताहरु ?
मधेशी मोर्चाकै नेतृत्वमा नौ दलको संघीय गठबन्धन निर्माण भएको छ । त्यसलाई नै विस्तार गरेर महागठबन्धन बनाउने धारणा उपेन्द्र यादव, महेन्द्र राय यादव र महन्थ ठाकुरको रहेको छ । तर, ती तिन नेता बाहेकका अरु नेताहरु भने कुनै पनि हालतमा त्यसो गर्न नहुने अडानमा रहेका छन् । मधेशी मोर्चाका एक घटक तराई मधेश सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवले भने, हामी गठबन्धन बनाउने पक्षमा नरहेको गलत प्रचार हो । मोर्चा सम्मलित संघीय गठबन्धन रहेको छ त्यसमा नै अरु मोर्चा र दललाई मिलाएर महागठबन्धन बनाउन सकिन्छ ।’
नौ सदस्यीय गठबन्धनमा मात्र होइन, मधेशी मोर्चामा नै अरु दललाई समाहित गरेर किन महागठबन्धन बनाउन चाहनु भएको छैन भनि जिज्ञासामा यादवले भने, ‘ जुन नेताहरु अहिले मधेशी मोर्चामा आउन चाहेका छन् ती नेताहरुले पनि यसअघि यही मोर्चामा थिए । तर १६ बुँदे सम्झौता भएपछि उहाँहरु एक एक गरेर मोर्चाबाट निस्किनु भएको थियो । अब अहिले मोर्चा आन्दोलनमा आगाडि बढी सकेका छ भने त्यसमै पुनः किन फर्किन चाहेका छन् बुझ्न सकिरहेका छैन ।’
‘महागठबन्धन बनाउनु पर्छ भने पक्षमा आफूहरु रहेको तर मोर्चालाई होइन, संघीय गठबन्धलाई बनाउँछौ, त्यसमा सबैलाई आउन आग्रह गर्छौं,’ वरिष्ठ नेता यादवले थपे । तर सद्भावना पार्टीका महासचिव मनिष सुमनको अर्कै तर्क छ । उनले भने, ‘मधेशमा मधेशी मोर्चाले आन्दोलन गरिरहेका छन् नौ दलीय गठबन्धन होइन, जनताले मधेशी मोर्चामाथि विश्वास गरेका छन् गठबन्धनमाथि होइन । त्यसैले मोर्चालाई नै महागठबन्धन बनाउनु पर्छ ।’
मधेशी मोर्चासहितको नौ दलीय संघीय गठबन्धनमा पाँचवटा गैर मधेशी दल रहेका छन् र आन्दोलनमा सो गठबन्धनले खासै भूमिका निभाउन सकिरहेका छन् । सरकारले पनि मधेशी मोर्चालाई नै आधिकारिक मानेको । त्यसले गर्दा नै सबैको दृष्टि मधेशी मोर्चामाथि रहेको छ ।
मधेशी मोर्चामा अन्य दललाई नल्याउनुको कारण
मधेशी मोर्चालाई गठबन्धन बन्न नदिनुमा मुख्य बाधक उपेन्द्र यादव रहेको आरोप लागि गरेको छ । आफ्नै पार्टीबाट अलग भएका शरतसिह भण्डारी, राजकिशोर यादव र जयप्रकाश गुप्ता मोर्चामा आएपछि आफ्नै बराबरमा आएपछि उपेन्द्र यादवलाई सो कुरा पचेको छैन । उपेन्द्र यादवले पनि मधेशी मोर्चामा होइन, संघीय गठबन्धनमा ल्याउन सकिने भनिरहेका छन् ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष यादवले मोर्चाका आडमा यी नेताहरुले पार्टीलाई विभाजन गरी मन्त्री बनेका हुन् भनि कुरा पत्रकारहरुलाई पटक पटक भन्दै आएका छन् । फेरि पनि यही गल्ती दोहोर्याउने पक्षमा उपेन्द्र यादव देखिएका छन् ।
माघ १२ गते विराटनगरमा पत्रकारसँग कुरा गर्दै उपेन्द्र यादवले आदिवासी जनजातिलगायत अन्य दलहरुलाई मिलाएर बृहत मोर्चा बनाउनुपर्ने बताएका थिए । यस्तै उनले आन्दोलनलाई काठमाडौ केन्द्रीत बनाउने समेत बताएका थिए । तर मधेशी मोर्चालाई नै बृहत मोर्चा बनाउने वा महागबन्धन बनाउने कुरा स्पष्ट ढंगले राखेका थिएनन् । उनले यहाँसम्म भनेका थिए कि ‘जेपी गुप्ताको कुनै दल होइन, उनको समाजिक संस्था हो त्यसलाई बृहत मोर्चामा ल्याउन सकिदैन, बाहिरबाटै सहयोग लिन सकिन्छ ।’
जेपी र महतोबीच के भयो त ? सोही दिन विराटनगरमै सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेश राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ताबीच महागठबन्धन बनाउने बारे छलफल भएको थियो । छलफलमा अध्यक्ष महतोले आफू महागठबन्ध बनाउन तयार रहेको तर उपेन्द्र यादवले नचाहेको प्रतिकृया जेपी समक्ष राखेका थिए । उनले उपेन्द्र यादवले नमाने पनि तमलोपाका अध्यक्ष महन्थ ठाकुरले मानेपछि महागठबन्धन बन्ने विश्वास राजेन्द्र महतोले व्यक्त गरेका थिए । यहाँसम्म कि महन्थ ठाकुर दिल्लीबाट आउने वित्तिकै आफूले कुरा गर्ने महतोले भनेको कुरा गुप्ताले बताएका थिए । महागठबन्धन बनाउनु पर्छ भनि आफूले पहिलादेखि नै भन्दै आएको र पछिल्लो समय राजेन्द्र महतोले पनि भन्न थालेको कारण आफूले उनलाई भेट्न गएको बताउँदै गुप्ताले भने, महागठबन्ध बनाउनु पर्ने प्रस्ताव आफूहरु (मधेशी गठबन्धन) ले गरेका हौं । र, यो महागठबन्धन नबनेसम्म मधेश आन्दोलन यस्तै भइरहन्छन् र राज्यले सुन्दैन । राज्यलाई दवाव दिनका लागि भएपनि महागठबन्धन बनाउन आवश्यक छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण