एलसी काण्डका फरार अभियुक्त १३ बर्षपछि प्रहरी फन्दामा
काठमाडौं– एलसी काण्डका फरार अभियुक्त कपिल प्रसाद पोखरेल १३ बर्षपछि प्रहरीको फन्दामा परेका छन् । नैकापस्थित श्रिराम फिड इन्ड्रष्ट्रिजको नाममा हङकङबाट औधोगिक कच्चा पदार्थ र कम्युटर पार्टस ल्याउन भन्दै एलसी खोलेका पोखरेललाई केन्द्रीय अनुसन्धान ब्युरोले बिहीबार राजधानीको पिंगलास्थानबाट पक्राउ गरेको हो । विदेशी विनीमय शर्त अनुरुप प्रयोग नगरेको चारवटा मुद्धाहरु र सरकारी छाप किर्ने प्रकरणका दुई मुद्दा हारेपछी फरार भएका कपिललाई लामो समयको प्रयत्नपछी पक्राउ गर्न सफल भएको केन्द्रिय अनुसन्धान ब्युरोका प्रवक्ता दिवेश लोहनीले बताए । २०५९ असारमा काठमाडौं जिल्ला अदालतले पोखरेललाई दुई करोड भन्दा बढी जरिवान सहित दुई बर्ष कैद सजाय हुने फैसला गरेको थियो । विराटनगर उप–महानगरपालिका स्थायी घर भएका पोखरेल काठमाडौं महानगरपालीका स्थित बिजयचोकमा बस्दै आएको केन्द्रिय अनुसन्धान ब्युरोले जनाएको छ । फक्राउपछि उनलाई डिल्लीबजार कारागार चलान गरिएको ब्युरोको प्रवक्ता लोहनीले जानकारी दिए । पोखरेलको नाममा घरेलु तथा साना उद्योग कार्यालय काठमाडौंमा ०५१ सालमा दर्ता भएको श्रीराम फिडका लागी औधोगिक कच्चा पदार्थ आयात गर्नका लागी भन्दै हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंकका भोटाहीटी र विशाल बजार शाखामा विभिन्न मितिमा प्रतित पत्र खोलेर समान पैठारी नगरेको देखिएपछि उनका विरुद्ध मुद्दा चलेको थियो । सामान पैठारी नगरेपनि पोखरेलले पैठारी भएको देखाउनका लागि नक्कली पैठारी भुक्तानी प्रमाणपत्र समेतका कागजातहरु खडा गरी सरकारी छाप तथा दस्तखत किर्ते गरेको थिए । त्यस्तै ०५१ सालमा अमेरिकी डलर भुक्तानी लिई दुरुपयोग गरेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण